• ६ असोज २०८३, मंगलबार
  • १२ः२८ दिउँसो

केन्यामा अमेरिकी सैनिक शिविरमा आक्रमण हुँदा तीनको मृत्यु

प्रकाशित मिति

२०७६ पुष २१ गते, सोमबार १२:३८

केन्याको अमेरिकी सैनिक शिविरमा इस्लामिक आक्रमण हुँदा एक अमेरिकी सैनिक सहित दुईजना ठेकेदारको मृत्यु भएको छ ।अमेरिकी र केन्या सेनाले प्रयोग गरिरहेको शिविरमा अल सहबाब नामको इस्लामिक समूहले आइतबार आक्रमण गरेको हो ।रक्षा विभागका अन्य दुई अमेरिकी सैनिक घाइते भएको जानकारीमा उल्लेख छ ।‘घाइते अमेरिकी सैनिकको अवस्था स्थिर भएको र घटना स्थललाई खाली बनाइएको छ,’ अमेरिकी मिलिटरी अफ्रिका कमान्डले भनेको छ ।

National Life

प्रत्यक्ष दर्शीले बन्दुकको आवाज सुनेको र कालो धुँवा उडिरहेको देखेको बताएका छन् ।जनरल स्टेफन टाउनसेन्ड, कमान्डर अफ युएस अफ्रिका कमान्डले एक वक्तव्य जारी गर्दै भने, ‘ज्यान गुमाएका हाम्रा सहकर्मीको परिवारजनप्रति गहिरो समवेदना छ ।’

प्रतिकृया