• ६ असोज २०८३, मंगलबार
  • ११ः४६ बिहान

मौरीको टोकाइबाट एक महिलाको मृत्यु

प्रकाशित मिति

२०७६ पुष २१ गते, सोमबार १२:२६

भरतपुर – चितवनमा वन मौरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । आइतबार अपराह्न पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको मृत्यु भएको छ ।

National Life

घरमै बसिरहनु भएकी थरुनीलाई वन मौरीको हुल आएर टोक्दा गम्भीर घाइते भएकी थिइन । उनलाई तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ ।

प्रतिकृया