मौसममा आजदेखि सुधार
प्रकाशित मिति
२०७६ पुष २० गते, आईतवार ०२:०२
काठमाडौँ, पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजदेखि सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबारसम्म बदलीसँगै वर्षा गराएको मौसमी प्रणाली कमजोर हुँदै गएकाले आजदेखि देशभर मौसम सुधार हुँदै गएको मौसमविद्ले बताएका छन् ।
आइतबारदेशको पहाडी तथा उच्च हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । राति देशको उच्च पहाडी तथा पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलि देशको उच्च हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । मङ्गलबार देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै मौसम खुले पनि बिहान र बेलुका चिसो नै रहिरहने हुनाले चिसोबाट जोगिन सबैमा आग्रह गरेको छ ।






प्रतिकृया