• ८ असोज २०८३, बिहीबार
  • ९ः१९ राती

‘‘चुईगम भर्सेस पराग’’ रिले दोहोरी गीत सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति

२०७६ पुष २० गते, आईतवार ०१:५६

काठमाडौं, चर्चित लोक तथा दोहोरी गायक गायिकाहरुको स्वर रहेको ‘चुईगम भर्सेस पराग’ बोलको गीत सार्वजनिक गरिएको छ । हिजो (शनिबार) रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरेर उक्त गीतलाई राष्ट्रिय सभाकी सदस्य तथा चर्चित गायिका कोमल वली र रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले संयुक्त रुपमा विमोचन गरेका हुन् । उक्त गीतमा लय तथा शब्द सिर्जना राजकुमार बानियाँको रहेको छ भने गीतको निर्माता भने रमेश धरेल हुन् । गीतमा प्रिती आले, राजकुमार बानियाँ, रविन लामिछाने र टिका सानुको स्वर रहेको छ । गीत जलेश्वरी म्युजिकले बजारमा ल्याएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेकी सांसद कोमल वलीले गीतका रचनाकार बानियाँलाई यो गीतले चर्चाको शिखरमा पुर्याउने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘उहाँ एक दशकदेखि यो क्षेत्रमा हुनुहुन्छ, उहाँले गीत–संगितमा निरन्तरता दिनुभएको छ । उहाँ संघर्षशील गायक हो । गाउँघरका दुःख र पीडाका कुरा गीतमार्फत बाहिर ल्याउँदै आउनुभएको छ । यो खुशीको कुरा हो ।’ ‘शून्य भयो गाउँ र घर, गर्नै छाडे खेती’ बोलको गीत आफूले राजकुमार बानियाँ र पशुपति शर्मासँगै गाएको स्मरण गर्दै त्यो गीतपनि धेरै राम्रो बनेको बताईन् । उनले भनिन्,‘यो गीतले राजकुमार भाईको सांगितिक यात्राको उचाईमा पुर्याउन मद्दत गर्नेछ ।’

National Life

फरक प्रसँगमा वलीले मिडिया सूचना प्रविधि विद्येयक प्रेसमैत्री हुने विश्वास दिलाईन् । उनले भनिन्, ‘हामी विज्ञहरुसँग छलफल गर्छौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका अन्य दलका साथीहरुले कुरा राख्नुहुन्छ ।पत्रकारहरुसँग अन्तरक्रिया गर्छौं । जे होस प्रेसलाई नियन्त्रण गर्नेगरि हामी विद्येयक ल्याउँदैनौं । यदि त्यस्तो विद्येयक ल्याउन खोजिए हामी पास गर्न दिन्नौं ।’ सांसद वलीले पत्रकार ऋषि धमलाले शुक्रबार प्राईम टाईम्स टेलिभिजन ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा नेपाल सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई उक्त विद्येयकबारे र्याखर्याख्ती पारेको सुनाउँदै संचार जगत विद्येयकप्रति चनाखो भएको खुशी व्यक्त गरिन् । उनले भनिन्,‘सरकारले ल्याउने विद्येयक सोसल मिडियालाई बलियो बनाउनको लागि हो, केपी ओली, शेरबहादुर देउवा, प्रचण्डजस्ता मिडिया बुझेको नेताहरु हुनुहुन्छ, उहाँहरुले प्रेसलाई नियन्त्रण गर्नुहुँदैन् । यदि नियन्त्रणमुखी विद्येयक आए हामी पास हुन दिन्नौं ।’

कार्यक्रममा विशेष अतिथि पत्रकार ऋषि धमलाले नेपाली समाजमा लोक भाका र लोकदोहोरीको महत्व विशेष रहेको सुनाए । उनले भने,‘अहिले लोकदोहोरीको ठूलो क्रेज छ । यो गीत राम्रो बनेको छ ।’ उनले गीतमा सिर्जनशीलता देखिएको सुनाउँदै गीत सफल हुने विश्वास दिलाए । धमलाले प्रेसलाई कमजोर पार्ने काम कसैले गर्न नहुने भनाई राखे । उनले नेपालमा लोकतन्त्र ल्याउनको लागि मिडियाले सशक्त भूमिका खेलेको स्मरण गर्दै ईतिहास नबिर्सन सरकारलाई आग्रह गरे । उनले भने,‘ईतिहास नभुलौं । पत्रकारहरुलाई सम्मान गरौं । बरु, पत्रकारहरुलाई व्यवसायिक तथा प्रभावकारी बनाऔं । यदि विद्येयक नियन्त्रणकारी नियतले आए त्यो गलत हुनेछ ।’ धमलाले पत्रकारहरुले पनि सही समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले भने,‘हामीले पनि पत्रकारिता गर्दा विश्वसनियता कायम गर्नुपर्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा उक्त गीतमा स्वर रहेकी गायिका प्रिती आलेले गीत सन्देशमूलक रहेको बताउँदै गीतलाई माया गरिदिन आग्रह गरिन् ।
त्यस्तै, गायक रविन लामिछानेले स्वागत मन्तव्य राखेका थिए भने गायिका टिका सानुले पनि आफ्नो धारणा राखेकी थिईन् । उनले गीत राम्रो बनेको भन्दै माया गरिदिन दर्शक तथा श्रोतासमक्ष आग्रह गरिन् । कानून व्यवसायीसमेत रहेका निर्माता रमेश धरेलले गीतलाई दर्शक तथा श्रोताले माया गरिदिनेमा आफूहरु विश्वस्त रहेको बताए । धरेलले उक्त गीतबाट हुने आर्थिक लाभ सामाजिक कार्यमा खर्चिने पनि घोषणा गरे । शब्द रचनाकार तथा गायक बानियाँले चुईगम र पराग सेवन स्वास्थ्यको लागि हानिकारक रहेको सुनाउँदै उक्त गीतमार्फत आफूहरुले चुईगम र पराग नखाऔं भनेर सन्देश दिन खोजेको सुनाए । उनले भने,‘गीत राम्रो बनेको छ । सबैले माया गरिदिनुहुनेछ भन्नेमा आशावादी छौं ।’ बानियाँले यसअघि पनि दर्जनौं गीतहरु ल्याईसकेका छन् । उनका अधिकांश गीतहरु गाउँघरका कथा बोक्ने सन्देशमूलक रहेका छन् ।

प्रतिकृया