• २१ भदौ २०८३, आइतबार
  • ११ः१७ बिहान

प्रधानमन्त्री ओली :निरंकुशताविरुद्ध लड्दा बरु मर्नु परे मर्छु, लोकतन्त्र ल्याउँछु भन्ने सोचिन्थ्यो

प्रकाशित मिति

२०७६ पुष १७ गते, बिहीबार ०७:१७

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा नेपाल स्काउटद्वारा आयोजित बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा उपस्थित हुनु भएको थियो ।। बालबालिकाका यस्तै जिज्ञासा मेट्न बुधबार प्रधानमन्त्री ओलीले झण्डै दुई घण्टा उक्त कार्यक्रममा बिताउनु भएको थियो।

National Life

बालबालिका र प्रधानमन्त्रीबीच केही रमाइला र केही गम्भीर खालका सवाल–जवाफ भए । धेरै बालबालिकाको मनकै प्रश्न युवा स्काउट विनम्र श्रेष्ठले सोधे, ‘‘प्रधानमन्त्रीज्यू बाल्यकालमा तपाईँको लक्ष्य के थियो, देशको प्रधानमन्त्री बन्छु भन्ने कल्पना गर्नुभएको थियो’’ विनम्रको यो प्रश्नले प्रधानमन्त्रीलाई ६८ वर्षअघि आफू जन्मेको गाउँले परिवेशको स्मृतिमा पु¥यायो । जवाफमा प्रधानमन्त्रीले भर्नु भयो ‘‘कुनै राजमार्ग थिएन, विकास थिएन, राणाशासन भर्खरै ढलेको थियो, त्यस्तो समयमा दुर्गम पहाडी गाउँमा जन्मेको साधारण किसानको छोराले प्रधानमन्त्री बन्ने सपना देख्नु सम्भव थिएन ।’’ उहाका लागि त्यतिबेला सबैभन्दा जान्ने आफ्नै विद्यालयका मास्टर हो जस्तो लागेको रहेछ । त्यसैले ठूलो भएपछि मास्टर चाहिँ गरुँला भन्ने सपना देखेको रहेछ । पछि समाजमा बेठीक कुराहरू देखेपछि तिनलाई ठीक बनाउन आवाज उठाउनुपर्दो रहेछ भन्ने बुभ्mदै गए । र युवा अवस्थामा राजनीतिमा लागे ।

राजनीतिमा अगाडि बढ्दै गर्दा पनि कहिल्यै आफूले कुनै दिन प्रधानमन्त्री बन्छु भन्ने नसोचेको उहाले बताउनु भयो । निरंकुशताविरुद्ध लड्दा बरु मर्नु परे मर्छु, लोकतन्त्र ल्याउँछु भन्ने सोचिन्थ्यो । मेरा सपना वैयक्तिक थिएनन्,’’ विद्यार्थीको प्रश्नमा प्रधानमन्त्रीले भर्नु भयो, ‘‘व्यवस्था परिवर्तन भएपछि पनि सुशासन, विकासका लागि सोचेँ । कोही भोका नाङ्गा नहुने अवस्थामा देशलाई पु¥याउनेबारे मेरो ध्यान थियो ।’’ आफ्नो प्रधानमन्त्री पदलाई देश बनाउने मौकाको रुपमा उहाले अथ्र्यायो । यो मौकामा विकृति, भ्रष्टाचार, पछौटेपनबाट देशलाई मुक्त गर्दै सभ्य र सुखी व्यवस्था ल्याउन लागिपरेको प्रधानमन्त्रीले स्पष्ट पार्नु भयो ।
गोरखापत्र दैनिकबाट साभार ।

Classic Tech Desktop

प्रतिकृया