नक्कली सुनको कारोबार गर्ने तीन जना पक्राउ
प्रकाशित मिति
२०७६ पुष १६ गते, बुधबार ०४:३०
कैलाली, धनगढी उपमहानगरपालिका–४ बाट नक्कली सुनलाई सक्कली सुन भन्दै करोबार गर्ने तीन जना पक्राउ परेका छन् । उनीहरु मंगलबार बसपार्क स्थित नेशनल गेष्ट हाउसबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बझाङ बुङ्गल नगरपालिका–१ का ३४ वर्षीय शंकर बोहरा, भारत पिलिभित राघुपुरी गाउँ चौकी बजार घर भएका १९ वर्षीय मुक्तियार सिंह (मिख्खु) र सोही स्थानका ३२ वर्षीय मितु भन्ने मंजित सिंह रहेका छन् ।

उक्त गेष्ट हाउसमा अवैध सुनको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त गेष्ट हाउसमा खानतलासी गर्दा लुकाई छिपाई राखेको ३ वटा बिस्कुट आकारमा रहेको २ केजी ४ सय ग्राम नक्कली सुन फेला पारी शंकर बोहरालाई पक्राउ गरेको थियो ।

घटना सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा बोहरासँग कारोबारमा संलग्न रहेका मुक्तियार सिंह र मंजित सिंह समेतलाई पक्राउ परेका हुन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




प्रतिकृया