• ००:०३ २०८१ बैशाख ७ गते
  • 12:03 am

‘भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक (भिडियो सहित)

प्रकाशित मिति

२०७६ पुष १३ गते, आईतवार ०२:१९

काठमाडौं, ‘भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक भएको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल–२०२०’ लाई सफल पार्न टेवा पु¥याउने उद्धेश्यले तयार पारिएको गीत सार्वजनिक भएको छ । गीतमा समग्र नेपालको पर्यटन र पर्यटकीय क्षेत्रको समष्टिगत् रुपमा चर्चा गरिएको छ । नेपालको सुन्दर पर्यटकीय क्षेत्र र नेपालीजनले आम पर्यटकप्रति देखाउँदै आएको सद्भाव र मायालाई बलियो ढंगबाट प्रस्तुत गरिएको छ ।

यो गीतसँगै सार्वजनिक भएको भिडियोले स्वदेशी तथा बिदेशी पर्यटकलाई नेपालबारे बुझ्न र चिनाउन सहजता हुने गीतकार एंव उरारा शलिन कार्कीले जानकारी दिए । गीतको सम्पूर्ण आम्दानी केआर बालगृहलाई प्रदान गरिने समेत उनले बताए । गीतकार उरारा सलिन कार्किको शब्द रचना रहेको गीतमा सङ्गितकार हरी लम्सालले संगीत भरेका हुन् । गीतमा गायक आनन्द कार्किको मीठो आवाजमा सुन्न सकिनेछ । गीतलाई राज लामिछानेले अनुवाद् गरेका हुन ।

भिडियोलाई जोमसोम, लुम्बिनी, हिमालय रेन्ज, रारा,तिलोचो ताल, गोर्खा दरबार, साराङकोट, त्रिशुली लगायत पर्यटकिय क्षेत्रमा छायाँकन गरिएको छ । भिडियोमा क्यामेरा प्रेम लामा, ड्रोन राज पोखरेल, सम्पादन र निर्देशन टेकेन्द्र शाहको रहेको छ । गीतको भिडियोमा उदय बिक्रम थापा,उरारा शलिन कार्की, मिस्टर नोरिओ मएड, पुर्णिमा लामा, हरि शाही, सुधा कार्कि, प्रतिमा थापालगायत कलाकारको अभिनय समेटिएको छ ।

प्रतिकृया