• ३ साउन २०८३, आइतबार
  • ४:४५ बेलुका

अग्नी नियन्त्रण अभिमुखीकरण कार्यशाला सम्पन्न

प्रकाशित मिति

२०७६ पुष १३ गते, आईतवार ०२:०२

भक्तपुर, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखामा संचालीत उत्थनशिल नगर प्रवद्र्वन र सहभागीता कार्यक्रमबाट शुक्रबार समुदायका लक्षित समुहहरुका लागी एक दिने अग्नी सुरक्षा कार्यशाला सम्पन्न भएको छ । समुदायमा बढदो प्रकोप र जोखीमबाट समुदायमा पर्न सक्ने असर र क्षति न्युनीकरण गर्न र अग्नी नीयन्त्रणका उपायबारे जानकारी दिने उद्वेश्यले भक्तपुर र मध्यपुर नगरपालीकाका सुदायका एक सय जनालाई लक्षित गरी एक दिने अग्नी सुरक्षा अभिमुखीकरण कार्यशाला गरीएको हो ।

यस अभिमुखीकरण पश्चात सहभागीहरुले अग्नी नियन्त्रण उपाय, जोखीम स्थान पहिचान गरी आप्ना क्षेत्रमा अग्नी नियन्त्रण सम्बन्धी योजना बनाएका छन भने उनीहरुलाइ ाष्चभ भहतष्लनगष्कजभच यन्त्र चलाउन पनि सिकाइएको थियो ।

Kamana Sewa

यस बर्ष मात्र दश वटा कार्याशाला मार्फत समुदायका तीन सय चालीस जना व्यक्तीहरु अग्नी सुरक्षा अभिमुखीकरणबाट लाभान्वित भएका छन । हाल सम्म यस कार्यक्रम पश्चात सहभागीहरुले आप्नो समुदायको अग्नीका दृश्टिकोणले जोखीम रहेका स्थान र क्षेत्र पहिचन गरी जोखीम र प्रकोप न्युनीकरण गर्नुका साथै असर कम गर्ने उपाय तिर अग्रसर भएका छन । साथसाथै आफ्ना क्षेत्रमा सरोकारवालहरु संग पैरवी गरी अग्नी सुरक्षा व्यवस्थापनका लागि योजना बनाइ रहेका छन् ।

Classic Tech Desktop

 

 

प्रतिकृया