• २० भदौ २०८३, शनिबार
  • ४ः३९ बिहान

अत्यधिक चिसोका कारण मनाङका सरकारी कार्यलय सुनसान

प्रकाशित मिति

२०७६ पुष ११ गते, शुक्रबार ११:१९

मनाङ , सरकारी कार्यालयमा हरेक दिन सेवा लिन आउनेको भीड लाग्नु कुनै नौलो र अनौठो कुरा होइन । तर, हिमाली जिल्ला मनाङका सरकारी कार्यालयमा भने सेवाग्राही नै आउँदैनन् । अत्यधिक चिसो बढेसँगै मनाङका स्थानीय जाडो छल्न जिल्ला बाहिर गएसँगै सरकारी कार्यालय सुनसान बनेका हुन् । यतिबेला मनाङ जिल्ला प्रहरी प्रशासन र कर्मचारीले मात्रै कुरेका छन् । मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले कार्यालयमा सेवाग्राही नआएपनि कार्यालय बन्द नगरेको र कार्यालयकै आन्तरिक कार्य गरिरहेको बताए ।

National Life

तापक्रम माइनस १० डिग्री

प्रजिअ पौडेलले भने ‘दैनिक १०र१२ जनासम्म सेवाग्राही आउने कार्यालयमा अहिल कहिलेकाहीं १र२ जना आउने गरेका छन् ।ु उनका अनुसार बिहीबार मनाङको तापक्रम माइनस १० डिग्री पुगेको छ । यतिबेला थोराङला बेसक्यामदेखि मथिल्लो मनाङ सुनसान जस्तै भएको छ । पर्यटकहरू आउने जाने क्रम जारी भए पनि होटल व्यवसायी भने होटल कुर्ने मानिस राखेर जाडो छल्न जिल्ला बाहिर गएका छन्।

Classic Tech Desktop

प्रजिअ पौडेलले भने जिल्ला नै सुनसान जस्तो भएको छ । तल्लो भेगमा समेत अधिकांश मानिस जिल्ला छोडी सकेका छन् भने कर्मचारी, प्रहरी प्रशासन र घर कुरुवाबाहेक अरू मानिस जिल्लामा नभएको उनको भनाइ छ ।

सरकारी कार्यालयका कर्मचारी सेवाग्राही कति बेला आउलान् भनेर कुर्नुपर्ने बाध्यता छ । मनाङका प्रहरी नायव उपरिक्षक टिका बहादुर कार्कीले मनाङबासी जाडो छल्न जिल्ला बाहिर गएसँगै स्थानियको चल अचल सम्पत्तिको सुरक्षाका लागी प्रहरीले गस्ती गरेको बताए । उनले भने चिसोले मनाङको जनजिवन प्रभावित भएको छ ।ु

प्रतिकृया