• २४ भदौ २०८३, बुधबार
  • १ः५५ दिउँसो

नेपालको कृषिमा उत्तर कोरियाका राजदूत जो योङ मेनको ध्यानाकर्षण

प्रकाशित मिति

२०७६ पुष ८ गते, मंगलवार ०४:५४

नुवाकोट, उत्तर कोरियाली राजदूत जो योङ मेनले गएको साता नुवाकोट भ्रमण गरी आफ्नो देशले नेपालको कृषि क्षेत्रमा लगानी गर्न चाहेको बताएका थिए। राजदूत मेनले उत्तरकोरियामा उत्पादन हुने माछा र तरकारी खेती नेपालमा भित्र्याए सँगै कृषिका अन्य क्षेत्रमा समेत सीप तथा लगानी भित्र्याउन इच्छा प्रकट गरेका थिए ।

National Life

नुवाकोटमा रहेको मत्स्य अनुसन्धान केन्द्रमा प्रमुख ईश्वरीसिंह महतोसहित कार्यालयका प्राविधिकसँग करिब ४ घण्टा छलफल गरेका थिए । दूताबासका उपप्रमुख किम होकसहित पुगेका राजदूत मेनले आफ्नो देश आत्मनिर्भर भएजस्तै नेपाललाई पनि त्यस्तै हुन प्रोत्साहान गरेका थिए । उनले राजदूतको टोलीसँगै नुवाकोटको बेलकोटगढी नगरपालिका र ककनी गाउँपालिकाको विभिन्न स्थानमा रहेको किसानको ट्राउट माछापालन र कफीखेतीको समेत फिल्डमै पुगी अवलोकन गरेका थिए ।

राष्ट्रसंघीय सुरक्षा परिषद्‍बाट सर्बसम्मतिले पारित बाध्यकारी ब्यवस्थाअनुसार उत्तर कोरियाले विदेशमा कुनै पनि लगानी गर्न नपाउँने । उत्तर कोरियाबाट संचालित रेस्टुरेन्ट, अस्पताल तथा आइटी कम्पनीहरु नेपाल सरकारद्धारा हालै मात्र बन्द गराएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया