• १९ भदौ २०८३, शुक्रबार
  • १ः३९ राती

चितवन राइनोज र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुँदै

प्रकाशित मिति

२०७६ पुष ८ गते, मंगलवार १०:००

पोखरा , पोखरा प्रिमियर लिग ‘पीपीएल’ क्रिकेटमा आज चितवन राइनोज र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालाको क्रिकेट मैदानमा दुई टोलीविचको खेल साढे एघार बजे शुरु हुनेछ । आजको खेल दुबै टिमका लागि महत्वपुर्ण रहेको छ ।

प्रतियोगिताको प्ले अफमा स्थान बनाउन काठमाडौंलाई जित्नै पर्ने दबाब छ । चितवनपनि काठमाडौंलाई हराउँदै अपराजित रहेर फाइनल पुग्ने प्रयासमा छ । चितवन चार खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

Kamana Sewa

चार खेलमा ४ अंक जोडेको काठमाडौं तालिकाको तेस्रो स्थानमा रहेको छ । खेलमा पराजित भए प्लेअफमा पुग्न काठमाडौंले अन्य खेलको नतिजा कुर्नु पर्नेछ ।

Classic Tech Desktop

प्रतिकृया