• १९ भदौ २०८३, शुक्रबार
  • १०ः१८ राती

सहकारी गरिव जनताको सारथीको रुपमा स्थापीत भएको छः सांसद बस्नेत

प्रकाशित मिति

२०७६ पुष ६ गते, आईतवार १०:१६

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सहकारी गरिव जनताको सारथीको रुपमा स्थापीत भएको बताउनुभएको छ । सूर्यविनायक नगरपालिका वडा नं.४ गाम्चामा शनिवार भएको छहारी बचत तथा ऋण सहकारी संस्थाको ९औं साधारण सभामा गाउँ गाउँमा सहकारी पुगेसँगै गरिव जनताको सारथीको रुपमा स्थापीत भएको उल्लेख गर्दै उहाँले सहकारी कै कारण साहुको चर्को व्याजमा ऋण लिई आफ्नो सवै सम्पत्तीमात्र नभई इज्जतलाई समेत त्याग्नुपर्ने परम्परालाई तोडेको बताउनु भएको हो ।

कार्यक्रममा सांसद बस्नेतले भक्तपुरमा नीजि तथा सरकारी क्षेत्रको सहयोगले विकास र समृद्धिको यात्रा तिव्र गतिका साथ अघि बढेको उल्लेख गर्दै भक्तपुर मुलुककै लागि उदाहरणीय कार्य भएको जिल्लाको रुपमा परिचित हुँदै गएको समेत उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय सडक निर्माणको क्रममा जनतालाई केही समस्या उत्पन्न भइरहेको उल्लेख गर्दै अबको केही महिनामा उक्त सडकहरु कालोपत्रे भइसक्ने बताउनुभयो ।

Kamana Sewa

कार्यक्रममा सांसद बस्नेतले भक्तपुरमा निर्माणको प्रकृयामा रहेका साना ठूला आयोजनाहरु एक पछि अर्को गर्दै अघि बढिरहेको उल्लेख गर्दै राष्ट्रिय गौरवका आयोजनाहरु स्मार्ट सिटी, अन्तर्राष्ट्रिय रंगशाला, कवोर्ड हल, आधुनिक सभागृह, वीर अस्पताल, हनुमन्ते करिडोर, प्राणी उद्यान केन्द्रलगायतका ठूला ठूला आयोजनाहरु निर्माणका कार्यहरु समेत अघि बढेको जानकारी गराउनुभयो । त्यस्तै नीजि क्षेत्रको लगानीमा होम स्टे, प्याराग्लाईडिङ, बन्जी जम्प, इको भिलेजलगायतका कार्यहरु निर्माणको कार्यसमेत भइरहेको जानकारी गराउनुभयो ।

Classic Tech Desktop

कार्यक्रममा जेष्ठ नागरिक सम्मानमा ९६ वर्षिय धनबहादुर राजधला र ८२ वर्षिय विष्णुमाया शंखदेव, उत्कृष्ट वचतकर्तामा प्रिया बस्नेत, माइली प्रजापति, असल नियमित बचतकर्ता अनुशा थापा, उत्कृष्ट महिला समूह सृजनशिल महिला समूह, असल ऋणी मिठु परियारलाई सम्मान गरिएको थियो । त्यसैगरी हालै सम्पन्न सागमा दोहोरो स्वर्ण पदक बिजेता मण्डेकाजी श्रेष्ठ, बाल गायक आयुष केसी, कलिलै उमेरमा न्याय सेवाको अधिकृतमा नाम निकाल्न सफल श्रद्धा बिष्ट लगायतका सम्मान गरिएको थियो ।सांसद बस्नेतले उहाँहरुलाई नगदसहित सम्मान पत्रले सम्मान गर्नु भएको थियो ।

एसईई परिक्षामा उकृष्ट नम्बर ल्याई सामुदायीक विद्यालयबाट संस्थाका शेयर सदस्यहरुको छोरा छोरी मध्ये दिपेश घिमिरे र अस्मिता कार्कीलाई सम्मान गरिएको थियो । त्यस्तै छात्रवृत्ति तर्फ रोहन गौले र मिना थापालाई प्रदान गरिएको थियो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटा, समाजसेवी प्रेम बहादुर खड्का, जनक न्यौपाने, श्रीकृष्ण विष्ट, कैलाशभक्त प्रधानाङ्ग, संस्थाका अध्यक्ष खड्काले शुभकामना मन्तव्य राख्नुभयो ।

प्रतिकृया