हिटर प्रयोग गर्दा विशेष ध्यान दिनु पर्ने कुराहरु
प्रकाशित मिति
२०७६ पुष ३ गते, बिहीबार ०४:०६
भक्तपुर, पछिल्लो केही समययता तापमान घट्दो क्रममा छ । जाडोको कारण मानिसहरुको दैनिक कामहरु पनि प्रभावित बन्न पुगेका छ । जाडोबाट बच्नका लागि बाक्ला कपडाहरु लगाउनेलगायतका विभिन्न प्रयासहरु गरिन्छ । जसमध्ये न्यानोका लागि ब्लोअर तथा हिटरको प्रयोग गर्ने गरिन्छ । हिटर वा ब्लोअर प्रयोग गर्दा निम्न कुरामा विशेष ध्यान दिनुपर्दछ ।
१) हिटर नजिकै कुनै पनि कागज, ब्ल्यांकेटजस्ता बल्नसक्ने सामग्रीहरु नराख्ने ।

२) आवतजावत हुने स्थानमा हिटर राख्नु हुँदैन । विशेषगरी बच्चाहरुको पहुँचबाट हिटरलाई टाढा राख्नुपर्छ र यसलाई समथर सतहमा राख्नु राम्रो हुन्छ ।

३) हिटरलाई बेलाबेलामा बन्द गर्ने र कोठा खोल्ने गर्दै गर्नुपर्छ । प्रयोग नभएको बेलामा हिटर बन्द गर्नु राम्रो हुन्छ । कोठा बन्द गरेर हिटर अन गर्दा त्यसबाट आउने कार्बन मोनोअक्साइडले मानिसको स्वास्थ्यमा निकै हानिकारक असर पार्छ । खाटमा सुत्न जानुअघि हिटर अन गर्नुहुँदैन । यस्तो गर्दा मानिसको ज्यानसम्म जान सक्छ ।
४) मुटु तथा श्वासप्रश्वासजस्ता समस्या भएका मानिसहरुले एयर ब्लोयरको प्रयोग गर्नुहुँदैन ।
५) छालाको लागि पनि हिटरको प्रयोग राम्रो हुँदैन । लामो समय हिटरमा बस्नुले छाला सुख्खा हुन पुग्छ । यसका साथै हिटरले आँखा पनि सुख्खा हुनपुग्छ ।
६) यदि कोठामा हिटर चलिरहेको छ भने समय समयमा पानी खाइरहुनपर्छ । त्यसका साथै चिया, कफी वा सुप पिइरहनु राम्रो हुन्छ । यसले छाला सुख्खा हुनबाट केही कम गर्न सक्छ ।




प्रतिकृया