मन्त्री पार्वत गुरुङ र बेलायती राजदुत निकोलाबीच शिष्टाचार भेटबार्ता
प्रकाशित मिति
२०७६ पुष ३ गते, बिहीबार ०३:३५
काठमाडौँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङसँग नेपालका लागि बेलायती राजदुत निकोला क्याथरिन पोलिटले शिष्टाचार भेटबार्ता गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्री गुरुङकै कार्यकक्षमा आज भएको भेटवार्तामा द्धीपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको छ ।
भेटका अवसरमा राजदुत पोलिटले नेपाल र बेलायतबीच लामो सम्बन्ध रही आएको उल्लेख गर्दै आफू सो सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल आएको बताउनु भयो । उहाँले बेलायत सरकार नेपालका महिला र बालबालिकाको क्षेत्रमा काम गर्न इच्छुक रहेको जानकारीसमेत गराउनु भएको छ । राजदुत पोलिटले बाल बिवाह र महिला हिंसाको अन्त्य गर्ने विषयमा नेपाल सरकारसँग मिलेर काम गर्ने आफ्नो योजना र चाहना रहेको जानकारी दिनुभयो ।
सो अवसरमा मन्त्री गुरुङले दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन सघाउ पुर्याएको बताउनु भयो । मन्त्री गुरुङले नेपाल सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्प लिएको स्मरण गराउँदै सो अभियानमा लगानी गर्न आवश्यक वातावरण बनेको भन्दै बेलायती लगानीकर्तालाई नेपालमा लगानी गराउन आवश्यक सहयोग हुने अपेक्षा राख्नुभयो ।






प्रतिकृया