• २३ भदौ २०८३, मंगलबार
  • ११ः०१ राती

जीप पल्टिँदा घाइते भएका प्रहरी जवानको मृत्यु

प्रकाशित मिति

२०७६ पुष ३ गते, बिहीबार १२:११

बैतडी, बैतडीमा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीका सुदिप श्रेष्ठ रहेका छन् । पुरघाट प्रहरीचौकी हाटमा कार्यरत रहेका जीप पल्टिँदा प्रहरीको जवानको मृत्यू भएको हो ।

National Life

वुधबार बिहान ढोल्यामोडबाट हाटका लागी छुटेको म. १ ज ३२९ नम्बरको जीप सनगाउँमा पल्टिँदा श्रेष्ठले हाम फालेको र हाम फालेकै ठाउँमा जिप पल्टिएकाले श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको हो । पूरघाट प्रहरीचौकी इन्चार्ज मिनबहादुर सिंहका अनुसार चालक जिप रोकेर पिसाब फेर्न गएकाबेला जीप १० मिटरसम्म आफैँ गुडर पल्टिएको हो । जीपमा १० जना यात्रुहरु सवार रहेपनि अरु यात्रुहरु भने सकुसल रहेका छन् । घटनापछि जिप चालक पूर्णान्द बडूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया