• २३ भदौ २०८३, मंगलबार
  • ९ः३४ राती

१९० टनका जहाजले उडान गर्न पाउने

प्रकाशित मिति

२०७६ पुष ३ गते, बिहीबार ०७:५२

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १९० टनभन्दा बढीका जहाजले पनि उडान गर्न पाउने भएका छन् । विमानस्थलले यसअघि लगाएको लोडको सीमा हटाएको छ ।

National Life

यससँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओ ले निर्धारण गरेको फोर–ई–सम्मका विमानले पूर्ण लोडमा उडान अवतरण गर्न पाउने भएका छन् ।

तर विमानस्थलमा एकै समयमा फोर–ई–श्रेणीका विमान भने गुड्न पाउने छैनन् । संगठनका अनुसार त्रिभुवन विमानस्थलको पार्किङ र धावनमार्ग नजिकै भएकाले एक प्रकृतिका दुई विमान एकै समयमा धावनमार्गमा कुनै पनि मुभमेन्ट गर्न नपाउने व्यवस्था गरिएको छ ।कारोबार दैनिक बाट साभार ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया