• २३ भदौ २०८३, मंगलबार
  • ९ः२७ राती

बस दुर्घटनामा बाँचेकी बालिका बेसहारा

प्रकाशित मिति

२०७६ पुष ३ गते, बिहीबार ०७:४३

काठमाडौँ, गत मङ्सिर २९ गते सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका स्वाँरामा १५ जनाको ज्यान जाने गरी भएको   दुर्घटनामा बाँचेकी सात महिनाकी बालिका बेसहारा बनेकी छन् । बालिकाले केही खान नमानेपछि एक साताअघि सुत्केरी भएकी सुनकोसी गाउँपालिका–७ की सुनिता माझी अस्पताल पुगेर आफ्नो दूध चुसाउने गर्नुहुन्छ । दुर्घटनामा परेकी यी बालिकालाई सिन्धु सदाबहार अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचार सकेपछि पनि कोही अभिभावक हुँ भनेर बालिकालाई लिन नआएपछि अहिले अस्पतालको संरक्षणमा राखिएको छ ।

National Life

बा। ४ ख ४४६८ नम्बरको मिनीबस दुर्घटनामा परी बाँच्न सफल यी दूधेबालिका अझै एक्ली छन् । बालिकाको नाम के हो रु कसैलाई थाहा छैन । उनका बाबु कहाँ छन् रु जानकारी छैन । आमाको सोही दुर्घटनामा मृत्यु भएको प्रहरीले
जनाएको छ । अस्पतालले नै बालिकाको रेखदेख गर्दै आएको छ । बोतलको दूध खान मान्दिनन् र उनलाई अन्य खानेकुरा खुवाउन पनि सकिएको छैन । बालिकाको स्वास्थ्य राम्रो रहेको बाल स्याहार कक्षमा राखिएको उक्त अस्पतालका नर्स लक्ष्मी विकले जानकारी दिए। नानीलाई आमाले दिने मातृत्वअनुरूप नै स्याहारसुसार गरेको नर्स विकले बताए। अस्पतालका डा। राजकुमार दङ्गालले भने, “बालिकाको उचित हेरचाह र पालनपोषण भइरहेको छ । ”

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बालिकाको आफन्त हौँ भनेर केही व्यक्ति आए पनि प्रमाण नपुगेकाले दिन नसकिएको जानकारी दिए। बालिका उक्त दुर्घटना भएको बसका चालक सुमन तामाङकै छोरी भएको न्यौपाने बताए। चालक तामाङ अहिलेसम्म फरार छन् । तामाङको घर सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भएको प्रहरीले बताएको छ ।
गोरखापत्र दैनिकबाट साभार ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया