• 5:18 pm

हिमपातका कारण हवाई सेवा अवरुद्ध

प्रकाशित मिति

२०७६ पुष १ गते, मंगलवार ११:४७

हुम्ला, सिमीकोटमा भारी हिमपातका कारण हवाई सेवा अवरुद्ध भएको छ । यसका साथै जनजीवन समेत कष्टकर भएको छ । विमास्थलमा बाक्लो हिउँ जमेका कारण एक मात्र यातायातको साधन हवाई सेवा पाँच दिन देखि अबरुद्ध रहदै आएको छ। विमानस्थल हिउँले सेताम्मे भएपछि हवाई सेवा अवरुद्ध भएको हो।

यसबाट सिमकोटबाट नेपालगंज र सुर्खेत झर्ने यात्रुहरु मर्कामा परेका छन्। सिमकोटमा दैनिक उपभोग्य सामानको समेत अभाव हुन थालेको स्थानीयले बताएका छन् । यसैबीच हिमपात भएपछि सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार भएको छ। अधिकांश घरका धाराहरुमा पानी जमेर नआए पछि मानिसहरु पानी आउने धारामा लाम लाग्ने गरेका छन्।

प्रतिकृया