• 4:21 pm

मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी सुन्दरीलाई

प्रकाशित मिति

२०७६ मंसिर २९ गते, आईतवार १२:०४

एजेन्सी, मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी सुन्दरीले प्राप्त गरेकी छिन । जमैकाकी टोनी एन सिंले मिस वर्ल्ड २०१९ को उपाधि प्राप्त गरेकी हुन् ।

शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १२५ देशका सुन्दरीहरुलाई पछि पार्दै मिस वर्ल्डको उपाधि हात पारेकी हुन् । मिस वर्ल्ड २०१८ भनिसा पोन्सले उनलाई आफ्नो ताज पहिराएकी हुन् । दोस्रो स्थानमा फ्रान्सकी ओफेली मेजिनो भइन् भने भारतकी सुमन रावले तेस्रो स्थान हासिल गरिन् ।

नेपालकी मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तर्गतको मल्टिमिडिया अवार्ड र ब्युटी विथ द पर्पोज विधा जितेकी छन् ।

प्रतिकृया