• ३० भदौ २०८३, मंगलबार
  • ५ः३७ बेलुका

१३ औँ सागमा दुई स्वर्ण पदक विजेता मण्देकाजीलाई नगरपालिकाद्धारा नगदसहित सम्मान

प्रकाशित मिति

२०७६ मंसिर २९ गते, आईतवार १०:३८

भक्तपुर, १३ औँ दक्षिण एशियाली खेलकुद (साग)मा कराँतेतर्फ दुई स्वर्ण पदक जितेका खेलाडी मण्डेकाजी श्रेष्ठलाई मध्यपुरथिमि नगरपालिकाले सम्मान गरेको छ ।

National Life

खेलाडी श्रेष्ठ भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ का स्थायी बासिन्दा हुनुहुन्छ । नगर र जिल्लाकै प्रतिनिधित्व गर्दै सागमा नेपाल र नेपालीको शिर उच्च गर्ने कार्य गरेको भन्दै उहाँलाई सम्मानसहित नगर परिक्रमा गराएर मध्यपुरथिमि नगरपालिकाले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

नगर परिक्रमापछि बालकुमारीस्थित वडा कार्यालय परिसरमा आयोजित सभामा नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मीलगायत जनप्रतिनिधि, स्थानीय र खेलप्रेमीहरुले उहाँलाई सम्मान गर्नुभएको थियो ।

नगरको प्रतिनिधित्व गर्दै राष्ट्र र अन्तराष्ट्रियस्तरसम्म नगरपालिकाको शिर उच्च बनाएकाले नगरपालिकाले श्रेष्ठलाई नगद रुपैयाँ र उहाँका बुवा बाबुकाजी श्रेष्ठ र आमा मन्दिरा श्रेष्ठलाई समेत सम्मान गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख श्रेष्ठले खेलकुदमा जितेका पदक राख्न नगरपालिकाले उपहारमा एउटा दराजसमेत उपलब्ध गराउने घोषणा गर्नुभयो । उहाँले नगरपालिकाले खेलकुद विकासका लागि आवश्यक कार्यहरु निरन्तर गर्दै आएको भन्दै खेलप्रतिभाको पहिचान र विकासका लागि मन्देकाजीले समेत योगदान पुर्याउने अपेक्षा गर्नुभयो ।

 

प्रतिकृया