देशको आर्थिक विकास र समृद्धिको आधार नै पर्यटन हो: पर्यटनमन्त्री भट्टराई
प्रकाशित मिति
२०७६ मंसिर २८ गते, शनिबार १०:०३
काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन प्रवद्र्धनका लागि पहाडी क्षेत्रमा हुने प्रत्येक उडान प्रदेशको राजधानीबाट गर्ने योजना बनाउन लागिएको बताउँदै पर्यटन प्रवद्र्धनका लागि प्रदेशमा रहेका विमानस्थलहरुको स्तरउन्नती गर्न आवश्क रहेको उल्लेख गर्नुभएको छ ।
प्रदेश नम्बर १को प्रदेश स्तरिय पर्यटन प्रवद्र्धन समितिले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘भ्रमण वर्ष २०२० पर्यटन प्रवद्र्धन समन्वय गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपालको आर्थिक विकास र समृद्धिको आधार नै पर्यटन भएकाले पर्यटनकै माध्यमबाट आर्थिक वृद्धिदर बढाउन सकिने बताउनुभयो ।
प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले अवको १० वर्षमा नेपालको उत्कृष्ट पर्यटकिय क्षेत्र भएको प्रदेशको रुपमा प्रदेश १ लाई विकास गरिने बताउँदै भ्रमण वर्ष २०२० लाई आधार वर्षको रुपमा लिने बताउनुभयो ।






प्रतिकृया