• ३० भदौ २०८३, मंगलबार
  • ९ः०५ राती

फुटबलमा स्वर्ण जिते संगै १३ औं सागमा नेपालको ५१ स्वर्ण

प्रकाशित मिति

२०७६ मंसिर २४ गते, मंगलवार ०४:५५

काठमाडौं, १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा नेपालले स्वर्ण जितेको छ । भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै स्वर्ण जितेको हो ।

National Life

नेपालका लागि १७ औं मिनेटमा अभिषेक रिजालको गोलमा पहिलो अग्रता लिएको थियो । तर भुटानका चेन्चो ग्याल्सेनले ३६ औं मिनेटमा गोल गोल गर्दै खेल बराबरी गरेका थिए ।

पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको भएपनि नेपालले पुनः दोस्रो हाफमा अग्रता लिएको हो । खेलको ५३ औं मिनेटमा सुनिल बलको गोलमा नेपालले अग्रता लिएको हो । योसँगै नेपालले जारी १३ औं सागमा ५१ स्वर्ण जितेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सन् १९९३ मा नेपालले साग फुटबलमा पहिलो पटक स्वर्ण पदक जितेको थियो । त्यो बेला टिमका खेलाडी रहेका बालगोपाल महर्जन अहिले प्रशिक्षक छन् ।

प्रतिकृया