• ३० भदौ २०८३, मंगलबार
  • ९ः५४ राती

भ्रष्टाचार अन्त्यका लागि नागरिक समाज एकजुट होऔं, सचेतना आफैबाट शुरु गरौं : बस्नेत

प्रकाशित मिति

२०७६ मंसिर २४ गते, मंगलवार ०६:०६

गैसस महासंघद्धारा सुशासन स्मारिका बिमोचन
भक्तपुर । नेकपाका केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभा सांसद महेश बस्नेतले नागरिक समाज एकजुट हुन सकेमात्र भ्रष्टाचार अन्त्य हुन सक्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति भक्तपुर र गैर सरकारी संस्था महासंघ नेपाल भक्तपुरले संयुक्त रुपमा आयोजना गरेको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन, ७१औ अन्र्तराष्ट्रिय मानव अधिकार दिवस तथा सुशासन स्मारिका बिमोचन कार्यक्रममा सांसद बस्नेतले हरेक नागरिकले भ्रष्टाचार बिरुद्ध आवाज उठाउन सके कुनै पनि तहका सरकार र सार्वजनिक निकायहरुले भष्टाचार गर्ने साहश गर्न नसक्ने बताउनुभयो । सांसद बस्नेतले सरकारले भ्रष्टाचार बिरुद्ध सुन्य सहशिलताको नीति अंगिकार गरेको भएता पनि अझै त्यसले सार्थकता पाउन नसकेको उल्लेख गर्नुभयो । उहाँले सुशासन नारामा मात्रै सिमित भएका भन्दै अब त्यसलाई व्यवहारमा उतार्न नागरिकको सचेतना स्तरमा बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । नेता बस्नेतले गैर सरकारी संस्थाहरुले क्षमता अभिबृद्धि र सिप विकास गर्ने नाममा नीतिगत रुपमै हस्तक्षेप गर्ने कार्य गरेको समेत आरोप लगाउनुभयो । उहाँले मुलकको समृद्धि र सुखी नेपाली निर्माणका लागि सामाजिक संघसंस्था र सबै तहका सरकार इमान्दार भएर जनमूखि कार्यमा लाग्नुपर्ने बताउनुभयो ।

National Life

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले मानव अधिकारको रक्षाका लागि लैंगिक हिंसा मुक्त समाज निर्माणका लागि सबै जुट्नु आवश्यक रहेको औल्याउनुभयो । उहाँले सुशासनले मात्रै समृद्ध नेपाल निर्माण हुने बताउनुभयो । चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले सामाजिक संघसंस्थाहरुले जनताको माग र आवश्यकतामा आधारित परियोजनाहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

गैर सरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाईं)को सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुँवर, गैर सरकारी संस्था महासंघका केन्द्रिय सदस्य बालमुकुन्द सुवाल, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी, स्मारिकाका सम्पादक रमेश गिरी, महासंघका उपाध्यक्ष जयराम थापालगायतले सामाजिक रुपान्तरणमा संघसंस्थाहरुले खेलेको भूमिकाको बारेमा चर्चा गर्नुभयो । कार्यक्रममा सांसद बस्नेत, जिसस प्रमुख गेलाल, नगर प्रमुख मिश्र, अध्यक्ष बजगाईंलगायतले गैसस महासंघ भक्तपुरद्धारा प्रकाशित जिल्लास्थित सामाजिक संघसंस्थाहरुको गतिविधि समेटिएको स्मारिका ‘सुशासन’को बिमोचन गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

समन्वय संस्था युवाका साथ साथ आवाज नेपालका सचिव श्रीकृष्ण केसीले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानबाट प्राप्त उपलब्धी, निष्कर्ष, आगामी योजना, सर्बपक्षिय एक्यबद्धताका बारेमा जानकारी दिनुभएको थियो ।

 

प्रतिकृया