• १ असोज २०८३, बिहीबार
  • ३ः५९ दिउँसो

एम्बुलेन्स दुर्घटनामा एकको मुत्यृ

प्रकाशित मिति

२०७६ मंसिर १४ गते, शनिबार ११:५१

प्यूठान, ऐरावती गाउँपालिका–५ पकलामा एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मुत्यृ भएको छ । शुक्रबार राति ऐरावती गाउँपालिका–५ पकलामा वन्जाडे गाउँमा सुत्केरी छोडेर फर्कने क्रममा धुवाङ स्वास्थ्य चौकीको रा १ च ७६४ नम्बरको ऐम्बुलेन्स दुर्घटना हुँदा स्थानिय २८ वर्षे रेशम थापाको मृत्यु भएको हो ।

National Life

जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा उनको मुत्यृ भएको र अन्य चारजना घाइते भएका प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनेमा सोही गाउँका ऐम्बुलेन्स चालक ३२ वर्षे खेमराज थापा, १९ वर्षे लक्षुमण थापा, ३१ वर्षे होतराज थापा र २१ वर्षे प्रदिप थापा रहेका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया