• १ असोज २०८३, बिहीबार
  • ५ः११ बिहान

उपनिर्वाचनका लागि मतदाता परिचयपत्र वितरण

प्रकाशित मिति

२०७६ मंसिर १३ गते, शुक्रबार ०१:२१

काठमाडौं, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको मङ्सिर १४ गते उपनिर्वाचनका लागि मतदान केन्द्रमा अधिकृतसहितका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्रीसहित पुगि सकेका छन् । यही शनिबार बिहान ७ बजे देखि अपराह्न ५ बजेसम्म हुने मतदानका लागि मतदानस्थल व्यवस्थापन तथा नयाँ मतदाताका लागि मतदाता परिचयपत्र वितरणको काम शुरु भएको छ ।

National Life

उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदानस्थल र ५३७ मतदान केन्द्र तोकिएको छ । यस उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ मतदाता सहभागी रहने छन् ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायको समन्वय र सहभागितामा उपनिर्वाचन लक्षित एकीकृत सुरक्षा योजना तर्जुमा गरी प्रभावकारीरूपमा कार्यान्वयन भइरहेको छ । प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्यतर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया