• ५ साउन २०८३, मंगलबार
  • ४:२७ बेलुका

कार्यभार सम्हाल्दै कानुनमन्त्री यादवले भने ‘धेरै मन्त्रालयको अनुभव होस् भनि परिवर्तन गर्नुभएको होला, अलि बढी नै माया गरेर पनि हुनसक्छ’

प्रकाशित मिति

२०७६ मंसिर ९ गते, सोमबार ०४:१५

काठमाडौं, नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले आफ्नो कार्यभार सम्हाल्नुभएको छ । सोमबार पोखराबाट काठमाडौं फर्किएलगत्तै उहाँ मन्त्रालय पुगेर आफ्नो जिम्मेबारी सम्हाल्नु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा यादवलाई स्वास्थ्य मन्त्रालयबाट हटाएर कानून मन्त्रालयको जिम्मेवारी दिनुभएको हो । पदभार ग्रहण गर्दे कानुनमन्त्री यादवले भन्नुभयो, ‘धेरै मन्त्रालयको अनुभव होस् भनि परिवर्तन गर्नुभएको होला । अलि बढी नै माया गरेर पनि हुनसक्छ ।’

Kamana Sewa

उहाँले संविधान संशोधन गर्ने सहमति कार्यान्वयन गर्ने बेला आएको पनि बताउनुभयो ।

Classic Tech Desktop

प्रतिकृया