• ६ साउन २०८३, बुधबार
  • १२:१६ बिहान

पत्रकारिताको भावना र मान्यतामा ठेस पुग्ने, र अंकुशलाग्ने कानुन नबनाउन आग्रह

प्रकाशित मिति

२०७६ मंसिर ६ गते, शुक्रबार ०४:१७

काठमाडौं, मिडिया काउन्सिल विधयेकबारे सांसदहरुले रिपोर्टर्स क्लब नेपालसँग सुझाव संकलन गरेका छन् । बिहिबार क्लबको भृकुटीमण्डप स्थित्कार्यालयमा आएर सांसदहरुले सुझाव संकलन गरेकाहुन् ।नेपाल मिडिया काउन्सिलसम्बन्धीकानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेकमा सुझावदिदै रिपोर्टर्स क्लब नेपालकासभापतिऋषिधमलाले विधयेकले पत्रकारको हकहितलाई अझबलियो बनाउनुपर्ने बताए । विधयेककानाममापत्रकारको कलमलाई कुण्ठित पार्ने र समाचार लेखेको भरमादुःखदिने परिस्थितिआउने बुँदा अस्वीकार्य हुने बताए । विधयेक संसदप्रतिजवाफदेहीहुनुपर्नेमाजोड दिए । उनले भने, रिपोर्टर्स क्लब नेपालमापत्रकारको हकहितको सुनिश्चिततासहितको विधयेकको पक्षमा छ ।

नेपालपत्रकार महासंघका उपाध्यक्षदिलिपथापा मगरले विधयेक ल्याउँदापत्रकारिताको विकास र पत्रकारको हितलाई केन्द्रमा राखिनुपर्ने बताए । उनले मिडियालाई अंकुशलगाउने प्रकारको गतिविधिकहीं कतैबाट हुननहुने बताए ।
रिपोर्टर्स क्लब नेपालकावरिष्ठ उपाध्यक्ष डिल्ली बसेलले राज्यले कानुनबनाउनकार्यान्वयनहुनसक्ने गरी बनाउनुपर्नेमाजोड दिए । आमसञ्चार र पत्रकारिता क्षेत्रको व्यवस्थापन र नियमन स्वीकार्य भएपनिअंकुशलगाउने गतिविधिमानयनहुने स्पष्ट पारे ।
कार्यक्रममाक्लबका सदस्यतथापत्रकारहरुले विधयेकबारे सुझावदिदै पत्रकार र पत्रकारिताको पुर्नपरिभाषितआवश्यक रहेको बताए ।

Kamana Sewa

पत्रकारिताकानाममाविकृती र विसंगति बढाउनेहरुले प्रश्रय पाउननहुने र पत्रकारको हकअधिकार सुरक्षापनिगर्नुपर्नेमाजोड दिए ।
कार्यक्रममाविधयेक समितिको तर्फबाट सुझावउपसमितिका संयोजक सांसद ठगेन्द्र प्रसाद पुरीले विधयेकबारे सुझाव संकलन गरी आमसञ्चार र पत्रकारिताका क्षेत्रको हितलाई दृष्टिगत गरी विधयेक तयार पारिने जानकारी दिए । उनले पत्रकारहरुबाट नै सुझावलिएर विधयेकलाई अन्तिम रुप दिइने बताए ।

Classic Tech Desktop

सांसद हरिशरण शिवाकोटीले संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरेकाले पत्रकारहरुको भावना समेटेर विधयेकले अन्तिम रुप पाउने बताए । पत्रकारहरुलाई पत्रकारिता क्षेत्रको नियमनआफै गर्ने गरी विधयेक बन्नलागेको जानकारी दिए ।
सांसद वृशेषचन्द्रलालले विधयेक परिष्कृत र प्रभावकारी बन्ने बताए । देशमानिष्पक्ष र निर्भिक पत्रकारिताको सुनिश्चिततालाई ध्यानमा राखेर विधयेक तयार हुने जानकारी गराए ।

प्रतिकृया