• १ असोज २०८३, बिहीबार
  • १२ः१६ राती

सरकार विरुद्ध द्वन्द्व पीडितले गरे प्रदर्शन

प्रकाशित मिति

२०७६ मंसिर ५ गते, बिहीबार ०५:०९

काठमाडौँ, द्न्द्व पीडितहरुले सरकारसँग न्यायको खोजी गर्दै काठमाडौँमा प्रर्दशन गरेका छन् । विहीबार काठमाडौँको माइतीघर मण्डलामा वेपत्ता आफन्तको अवस्था अझै सार्वजनिक नगरिएको उल्लेख गर्दै उनीहरुले सरकारविरुद्ध प्रर्दशन गरेका हुन ।

National Life

विस्तृत शान्ति सम्झौता पूरा भएको १३ वर्ष पुगेको अवसर पारेर प्रर्दशनमा उत्रिएका उनीहरुले वेपत्ता आफन्तको अवस्था तत्काल सार्वजनिक गर्न, पीडितलाई तत्काल परिपुरणको व्यवस्था गर्न तथा पीडिकमाथि कडा कारबाही गर्न सरकारलाई पुनः दबाब दिएका हुन ।

द्वन्द्व पीडितहरुले यातना पीडितहरुलाई उचित राहतको व्यवस्था गर्न पनि सरकारलाई दबाब दिँदै आएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया