• २ असोज २०८३, शुक्रबार
  • ४ः११ बिहान

सरकार एकदलिए निरंकुशता भएको पूर्व महामन्त्री सिटौलाको आरोप

प्रकाशित मिति

२०७६ मंसिर ५ गते, बिहीबार ०५:२१

भक्तपुर,मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनको पूर्व सन्ध्यामा नेपाली काँग्रेस भक्तपुरद्धारा चाँगुनारायण नगरपालिका वडा नं ८ नगरकोटमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

National Life

घरदैलो कार्यक्रमको दौरान आयोजित कोणसभालाई सम्बोधन गर्नुहुदै नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार एकदलिए निरंकुशताको बाटोमा हिडिरहेको आरोप लगाउनुभयो । उहाँले यो निर्वाचनको परिणामले सरकारको निरंकुशतालाई प्रश्रय दिनेकी लोकतान्त्रिक विधिको शासनलाई सुद्धिढिकरण गर्दै लौजाने भन्ने कुराको तय गर्ने हुनाले जनताहरुलाई सजग भइ विवेकपूर्ण रुपमा आफ्नो मत राख्न अनुरोध गर्नुभयो । उहाँले लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुको बिकल्प नरहेकोले राष्टिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरुलाई आफ्नो भोट खेर नफाल्न अनुरोध गर्नुभयो ।

कोण सभालाई सम्बोधन गर्नुहुदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले राष्ट्रवादको कुरा गरेर नथाक्ने के.पी ओली सरकारले भारतले नेपालको भूमि मिचेर विवादास्पद रुपमा नक्शा निकाल्दा पनि सरकार टुलुटुलु हेरेर बसेको आरोप लगाउनुभयो । उहाँले नगरकोटका बासिन्दाहरुलाई दृष्टी परिवर्तन गर्नहोस, सृष्टी काँग्रेसले गर्छ भनी यस पटकको निर्वाचनमा रुख चिन्हमा मतदान गरी स्थानीय समाजसेवी तथा विकासप्रेमी उम्मेदवार कृष्णलाल भँडेललाई विजयी गराउन अनुरोध गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेपाल कम्यूनिष्ट पार्टीका नेताहरुले पार्टी प्रवेशको अफवाह फैलाउदै गरेको आरोप लगाउनुुभयो । उहाँले राप्रपा संयुक्तले पनि यस निर्वाचनमा नेपाली काँग्रेसलाई सहयोग गर्ने कुरामा विश्वस्त रहेको बताउनुभयो ।

नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य नयन सिंह महरले आफ्नै अगाडीको कमल विनायक नगरकोट सडक खण्डको दुरावस्थाले नै नेकपाका विकास र समृद्धिको नारालाई उदांगो पारेको बताउनुहुदै दोहोराएर नगरकोटका जनतालई गल्ती नगर्न सुझाव दिनुभयो । क्षेत्रीय सभापति जीवन खत्रीले स्वर्गीय हरीशरण लामिछाने प्रति श्रद्धासुमन ब्यक्त गर्नुहुदै उहाँको रिक्ततालाई नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले पूरा गर्नुहुने विश्वास ब्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस साविक नगरकोट नगर समिति वडा नं १३ का सभापति शुक्र तामाङ्गकी धर्मपत्नी हिरामाया तामाङ्गको कार्तिक २४ गते भएको असमायिक निधन प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरियो । नेपाली काँग्रेस जिल्ला समिति भक्तपुरको तर्फबाट समवेदना पत्र नेपाली काँग्रसका महामन्त्री कृष्णप्रसाद सिटौला र जिल्ला सभापति दुर्लभ थापाले शुक्र तामाङ्गलाई हस्तान्तरण गर्नुभएको थियो ।
नेपाली काँग्रेस उप निर्वाचन प्रदेश सभा १ क भक्तपुरका उम्मेदवार कृष्णलाल भँडेलको ममतामयी माता सेतीदेवी भँडेलको मंसिर १ गते देहावसन भएकोले उम्मेदवार बिनानै नेपाली काँग्रेसले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ ।

मंसिर ११ गते निर्वाचन प्रचार प्रसारको अन्तिम दिन चँगुनारायाण नगरपालिकाको वडा नं १, दुवाकोट न्यौपाने गाँउमा दिनको १ बजे बृहत आमसभा गरीने भएको छ । उक्त सभामा नेपाली काँग्रेसका शीर्ष नेताहरुले सम्बोधन गर्नुहुने जानकारी क्षेत्रीय सचिव एवं निर्वाचन परिचालन समितिका संयोजक उद्धव खड्काले जानकारी दिनुभयो ।

प्रतिकृया