• २४ भदौ २०८३, बुधबार
  • ३ः२१ दिउँसो

अज्ञात समूहद्धारा स्काभेटर र टिप्परमा बम आक्रमण

प्रकाशित मिति

२०७६ मंसिर ५ गते, बिहीबार ०४:२५

सिन्धुली, सिन्धुलीको दुधौली नगरपालिका–१४ स्थित सिमराई खानीवेशी सडकखण्डमा अज्ञात समूहले दुईवटा स्काभेटर र टिप्परमा प्रेसर कुकर बम आक्रमण गरेको छ ।

National Life

बुधबार राती मारुती सिमेन्ट खानीको बाटो निर्माणको क्रममा पार्किङ गरेर राखिएको को १ क. १४४० पीसी–२०० नम्बरको स्काभेटर, को १ क. ११०२ एलसी–२०० नम्बरको स्काभेटर र को १ क. १५४६ नम्बरको टिप्परमाथि अज्ञात समूहले बम आक्रमण गरेको हो ।

जिल्ला प्रहरी कार्यालयलका अनुसार को १ क. १४४० पीसी–२०० नम्बरको स्काभेटर पूर्ण रुपमा क्षति भएको छ भने को १ क. ११०२ एलसी–२०० नम्बरको स्काभेटर र को १ क. १५४६ नम्बरको टिप्परको अगाडिको भागको सिसा फुटेको छ। स्काभेटरमा बम आक्रमण गर्नेमा विप्लव कार्यकर्ताहरुकै संलग्नता भएको आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया