• २४ भदौ २०८३, बुधबार
  • १२ः५२ दिउँसो

डाक्टर/ बिरामी/ बिरामी कुरुवाको सम्बन्ध

प्रकाशित मिति

२०७६ मंसिर ५ गते, बिहीबार ०३:५७

डा.मोनिषा कार्की

National Life

समय समयमा कुरा आऊँने गर्छा डाक्टरर अस्पतालका कर्मचारीले नराम्रो बायवहार गर्यो भनेर तर यसमा बूझन ज़रूरी छ। हामी डाक्टर, नर्स तथा अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीमा पनि मानवता हुन्छ । खासमा गरी लामो समयसम्म बिरामी भर्ना हुदा उहाँहरुसंग हरेक पल भलाकुसारीले हाम्रो सम्बन्ध अरु प्रगाढ बनि सकेको हुन्छ ।

बुडापाका बिरामीले हामीलाई ‘छोरी’ भनेर बोलाउदा नजीकको अनुभव हुन्छ । कति बिरामीले अस्पतालबाट डिस्चार्ज भएर जादाँको ‘धन्याबाद, मेरो घर चिया खाना आउनु भन्दा आनन्दाको अनुभव हुन्छ । कतिपय बिरामी कुरूवाहरू समयसमयमा आभ्यसमा आउनु हुन्छ । त्यो हुनू स्वाभाविक पनि हों । आफ्नो नजिकको मान्छेको पिडा कसैलाई सहनीय हुदैन तर बिस्वास गर्नुस जति कुरुवालाई विरामीको माया हुन्छ त्यति नै हामी डाक्टर र नर्सलाई हुन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

हामीले बिरामीको उपचारमा कहिले कुनै कसरमा कमी गर्दैनौ । आफ्नो योग्यता, क्षमताले भ्याएसम्म उपचार गर्छो तर त्यस्तो गर्दागर्दै पनि कहिल्यकाँही बिरामी कुरुवाहरु हामी डाक्टर र नर्स माथि नै आइ लाग्दा मनमा नमिठो अनुभाव हुन्छ । बेलाबेलामा अस्पतालमा, अस्पतालको लापरवाहीले बिरामीको ज्यान गायो भन्ने समाचार आइ रहन्छ ।कहिलेकाँही त्यस्तो घटना हुनसक्छ । डाक्टर पनि मान्छे नै हो उ कुनै भगवान त होईन नि !

तर आफ्नो काममा त्यति कार्मनिस्ता हुदाँहुदै पनि आउने यस्तो खालको आलोचनालाई सहन गाह्रो हुन्छ । डाक्टर र नर्ससंग बिरामी कुरुवाको राम्रो अनुभावहरु पनि धेरै छन् । एक जाना वृद्ध आमा दमको बिरामी आई॰सी॰यू॰ मा लगभग १० दिन जति बस्नुभयो होला उहाँको छोरी अमेरिकाबाट नेपालमा आमाको लागि आउनु भएको थियो । उहाँको छोरी हाम्रो काम प्रति धेरै खूसी र सन्तुष्ट हुनुभयो कि जाने बेला उपहार स्वरुप नगद दिनुभयो जुन नगद हामीले फेरी ट्रस्ट फ़ंडलाई दियौँ । त्यसैगरी ८ वर्षाको सानो बाबुको किड्नीको अपरेसन भएपछि डिस्चार्ज हूने बेलामा धनगढी आउन निम्तो दिएर गयो ।

अन्तमा म यही भन्न चहान्छु कि बिरामी हाम्रो भगवान सरहा हो । विरामी अस्पतालमा लिएर आए पछि विरामीको जिम्मेबारी हाम्रो हुन्छ । बिरामी, बिरामी कुरुवा, अस्पतालमा कार्यरत डाक्टर, नर्समा भित्रै देखी बिस्वास गर्नुस। तपाई विस्वासले नै हामी डाक्टर, नर्सहरुको काम गर्ने आत्मबल बढछ । कहीँ कतै केही कुरामा चित्ता नबुझेमा बसेर सरसल्लाह गरेमा सबै कुरामा सजिलै समाधान गर्न सकिन्छ ।

(लेखिका नागरिक अस्पतालको मेडिकल कोअर्डिनेटर हुनहुन्छ ।)

प्रतिकृया