• २ असोज २०८३, शुक्रबार
  • २ः३४ दिउँसो

उपनिर्वाचनको लागि नेपाली काँग्रेसको प्रचार प्रसार तिव्र

प्रकाशित मिति

२०७६ मंसिर ३ गते, मंगलवार ०४:५९

भक्तपुर, उपनिर्वाचन प्रदेश नं. ३ क्षेत्र नं. १ क मा विभिन्न पार्टीले आफ्नो दललाई विजय गराउन प्रचार प्रसार तिव्र गरेको छ । त्यसै क्रममा नेपाली काँग्रेसले चाँगुनारायण नगरपालिका वडा नं ९, ताथलीमा घरदैला कार्यक्रम गरेको छ । घरदैलो कार्यक्रम अन्तर्गत आयोजित कोण सभामा मन्तब्य राख्नुहुदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदिप पौडेलले बुढि गण्डकी आयोजनाको लागि पेट्रोलियम पदार्थबाट अतिरिक्त शुल्क लिएर खडा गरिएको कोषबाट नेपाल आफैले निर्माण गर्ने भनिएको आयोजना ओली सरकारले बिना प्रतिस्पर्धा चाइनिज कम्पनीलाई दिएर कमिशन र भ्रष्टाचारमा लिप्त रहेको कुरा प्रमाणित गरेको बताउनुभयो । उहाँले हिजोका दिनमा निर्वाचन अघि जनताका बिच गरेका कुनै पनि बाचा पुरा गर्न नसकेको सरकारले नेपाली काँग्रेसको पालामा शुरु गरिएका आयोजनाहरुको जस लिन खोजेका आरोप लगाउनुभयो ।

National Life

कोण सभामा नेपाली काँग्रेसका युवा नेता एवं पूर्व अर्थ राज्यमन्त्री उदय शम्सेर राणाले महंगी, कर, बलात्कार, भ्रष्टाचार, अधिनायकवादबादलाई बढावा दिइरहेको सरकारलाई सर्तक र सजग गराउनको लागि नेपाली काँग्रेसको जित अपरिहार्य रहेको बताउनु भयो । नेकपाको सरकारले पछिल्लो २ वर्षमा गरेका गतिविधिहरुबाट जनताहरु खुशी नभएकोले यो उपनिर्वाचनमा नेपाली काँग्रेसलाई कम्यूनिष्टहरुले समेत मत दिएर जिताउने कुरा बताउनुभयो । नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलको ममतामयी माताको स्वर्गारोहण भएकोले उहाँको अनुपस्थितीमा सम्पूर्ण कार्यकर्ताहरुले आफुलाई नै उम्मेदवारको रुपमा अगाडी सारेर जनताको घरदैलोमा मत माग्न जानको लागि पनि अनुरोध गर्नुभयो ।

विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नु भएका विक्रम खत्री र निरञ्जन थापा लाई उदय शम्सेर राणाले टिका र खादा ओढाएर पार्टीमा स्वागत गर्नुभएको थियो । तथालीका वडा सभापति पुष्कर खत्रीको सभापतित्वमा संचालित कोण सभामा नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य रमा पौडेल, नेपाली काँग्रेस भक्तपुरका उपसभापति हरिप्रसाद नेपाल, सचिव निशान ढुंगेल, क्षेत्रीय सभापतिहरु जीवन खत्री, नारायण खयमली लगायत जिल्लाका पदाधिकारी, सदस्यहरु, शुभचिन्तक तथा आम जनसमुदायको उपस्थिती रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाली काँग्रेस उप निर्वाचन प्रदेश सभा १ क भक्तपुरका उम्मेदवार कृष्णलाल भँडेलको ममतामयी माता सेतीदेवी भँडेलको मंसिर १ गते देहावसन भएकोले उम्मेदवार बिनानै नेपाली काँग्रेसले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको कुरा निर्वाचन परिचालन समिति संयोजक एवं क्षेत्रीय सचिव उद्धव खड्काले बताउनुभयो । उहाँले भोली मंसिर ४ गते बुधबारका दिन नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा चँगुनारायण नगरपालिका वडा नं ७, बागेश्वरीमा घरदैलो कार्यक्रम संचालन गरिने कुरा पनि जानकारी दिनुभयो ।

प्रतिकृया