• २८ भदौ २०८३, आइतबार
  • १२ः३६ दिउँसो

भोजपुरमा पक्की पुल र अन्तराष्ट्रिय स्तरको रंगशालाको शिलान्यास

प्रकाशित मिति

२०७६ मंसिर २ गते, सोमबार १०:२०

भोजपुुर , भोजपुरमा पक्की पुल र अन्तराष्ट्रिय स्तरको रंगशालाको शिलान्यास गरिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र संघिय सांसद सुदन किरातीले एकै साथ शिलान्यस गरेका हुन् ।
भोजपुर सदरमुकाम र दक्षिणी क्षेत्रलाई जोड्ने भोजपुरको पिखुवा खोलामा ६ करोड बढी लागतमा बन्ने पक्की पुलको शिलन्यास भएको हो । यसले भोजपुर नगरपालिका–१२ र राप्रसाद राई गाउँपालिकाको मानेभञ्याङ जोड्ने छ ।

National Life

त्यस्तै, आइबार नै भोजपुर अन्तराष्ट्रिय स्तरको रंगशालाको पनि शिलान्यास गरिएको छ । रंगशाला प्रदेश नं १ शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको १४ करोड ५ लाख लागतमा निर्माण हुने भएको हो । रंगशाला २०८० साल सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
शिलान्यास कार्याक्रममा बोल्दै मुख्यमन्त्री राईले भोजपुरलाई नमुना जिल्ला बनाउन आफू लागि परेको बताएका छन् । मुख्यमन्त्री राईले भने, ‘विकासको पूर्वाधार मुख्य आधार सडक रहेको बताउदै आफ्नो कार्यकालमा १३ वटा पक्की पुल निर्माण गर्ने गरि काम भईरहेको छ । मेरो कार्यकालमा जिल्लाका सम्पूर्ण महत्वपूर्ण पूर्वाधार निर्माण हुन्छ, भने कुनै पनि घर विद्युतको पहुँच भन्दा बाहिर हुने छैनन् ।’
विकास निर्माणका लागि बजेट अभाव नरहेको बताउदै राईले कामलाई प्रभावकारी ढंगले सम्पन्न गर्नु पर्नेमा जोड दिए । ‘राईले भन्नुभयो, ‘हामीसंग बजेटको अभाव छैन् तर थालिएको काम प्रभावकारी र गुणस्तरीय ढंगले सम्पन्न गराउनु आजको चुनौती हो, यसमा स्थानीय सरकारले ध्यान दिन आवश्यक छ ।’

पूर्वाधार विकास कार्यालय भोजपुर अन्र्तगत प्रदेश नं १ सरकारको रु। ६ करोड, १३ लाख ५३ हजार लागतमा ७६ दशमलव ३ मिटर लामो मोटेरेवल पक्की पुलको शिलन्यास गरिएको हो ।
जुन पुललाई समयमै गुणस्तरिय ढंगले सम्पन्न गराउन पहल गर्ने पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए ।
सदरमुकामलाई दक्षिणी क्षेत्रका तीन ओटा स्थानिय तह जोड्ने यो पुल निर्माणले स्थानियमा खुसी थपिएको छ । पक्की पुल नहुँदा खोलाबाटै सवारी साधन तार्नु पर्दा निकै सास्ती हुदै आएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

रामप्रसाद राई, आमचोक र हतुवागढी गाउँपालिकालाई जोड्ने यो मुख्य सडक खण्ड हो । यसको संरक्षणमा ध्यान दिए एक सय ५० वर्ष सम्म टिक्ने विज्ञहरुको भनाई छ । पुल निर्माण सम्झौता अनुसार २ वर्ष अर्थात २०७८ असार सम्म सम्पन्न गरिसक्नु पर्नेछ । जसको निर्माणको जिम्मा मार्सेली निर्माण सेवाले लिएको छ ।

प्रतिकृया