• ३ साउन २०८३, आइतबार
  • ९:२३ बिहान

बिपक्षीले बाहिरको उम्मेदवार भन्नु कर्कलामा हालेको पानीको थोपा जस्तै हो :नेकपा उम्मेदवार ढकाल

प्रकाशित मिति

२०७६ मंसिर २ गते, सोमबार ०९:५६

यही मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्य पदका लागि देबीप्रसाद ढकाल (डीपी)लाईउम्मेदवार बनाएको छ । प्रदेश सांसद स्वर्गीय हरिशरण लामिछानेको सपनालाई पुरा गर्दै आफ्नो प्रदेश क्षेत्र मात्र नभएर समग्र भक्तपुरलाई विकास गर्न सडक, खानेपानी, शिक्षा लगायतका पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्ने उहाँको चुनावी प्रतिवद्धता रहेको छ । धार्मिक सांस्कृतिक र प्राकृतिक रुपमा धनी रहेको जिल्ला भक्तपुरलाई पर्यटनको माध्यमबाट सबल बनाउदैं रोजगारी सिर्जना गर्ने तथा सुखी नेपाली र संम्वृद्ध नेपाल बनाउने ढकालको अभियान रहेको छ । ढकालसँग निर्वाचनको लागि पार्टी र उहाँको तैयारी,निर्वाचनमा जित्ने आधार ,लगायत समसामयिक बिषयमा मातृभुमि न्युज डट कमका लागि बन्दना खड्काले गरेको कुराकानीको सार :

निर्वाचनको तयारी कसरी गर्दै हुनुहुन्छ ?

Kamana Sewa

हामीले हाम्रो सबै वडाका साथीहरु बृहत भेला गरेर महिला, युवा, र पार्टीको परिचालन समिति गठन गरिसकेका छौं । हाम्रो घरदैलौ कार्यक्रम सुरु भएको छ । हामी घरदैलो कार्यक्रममा छौं ।

Classic Tech Desktop

तपाईको उम्मेदवारी केका लागि ?

हाम्रो नेपाल कम्युनिष्ट पार्टीको समृद्ध नेपाल, सुुखी नेपाली भन्ने नारा छ ।त्यहि नारालाई साकार पार्न समृद्ध भक्तपुर र भक्तपुरका जन समुदायलाई सुखी बनाउने उदेश्यको साथ साथै यहाँको भौतिक पुर्वाधार बिकास, जनताको जिबन स्तर उकास्न मेरो उम्मेदवारी हो ।

आंकाक्षी धेरै थिए कसरी टिकट पाउनु भयो ?
आंकाक्षा राख्नु स्वाभाविकै हो । टिकट केन्द्रले नै निर्णय गरेर यो पटक मलाई दिएको हो । त्यस कारण खासै केही गर्नु पर्दैन ,कम्युनिष्ट पार्टीमा ।

तपाईले टिकट पाए पश्चात पार्टी भित्र किन बिरोध भयो ?
बिरोध आएको हैन । आफुलाई मन परेको साथी आओस् भन्ने चाहाना सबैको हुन्छ , त्यो स्वभाविकै हो । मिडियाले प्रचार प्रसार गरेको र अन्य साथीहरु बिरोधमा आए भन्ने कुरामा त्यति धेरै सत्यता छैन । नेकपा एक छ ,कुनै असन्तुष्टि छैन, सबैको एकमत छ ।

तपाईको चुनावी एजेण्डा के छ?
मुख्यतया यसको भौतिक पुर्वाधार बिकास अन्र्तगत सडक,खानेपानी र ढल निकासलाई हामीले भौतिक पुर्वाधारको मुख्य बिषय बनाएका छौं ।ब्यवस्थित सडक बिकासलाई अर्को एजेण्डा बनाएका छौं । भक्तपुर चाँगुनारायण नगरपालिका अन्र्तगत दुवाकोटमा पर्ने बिर हस्पिटलको स्थानन्तरणलाई छिटो भन्दा छिटो कार्यान्वयन गर्ने बिषयलाई हामीले एजेण्डा बनाएका छौं । नेक कलेजको जुन समस्या देखा परेको छ त्यसलाई समाधान गर्ने बिषयलाई हामीले बिशेष एजेण्डा नै बनाएका छौं । नगरकोट ,चाँगुनारायण, लगायत भक्तपुर जिल्लामा पर्ने अन्य पर्यटकीय क्षेत्र बिकासको अर्को एजेण्डा बनाएका छौं ।

सम्रगमा यहाँको जनताको बिकास हुने गरी रोजगारीका अवसर सिर्जना गर्ने,आर्थिक बिकास गर्ने, भौतिक पुर्वाधार बिकास ,शिक्षाको स्तर उन्नती, स्वास्थ्यमा आम मानिसको पहँुचलाई बिकास गर्ने,सर्वसुलभ बनाउने,मुख्य एजेण्डा हुन् ।जनताले चाहेको सुख भनेको यहि हो ।आजको दिनमा जनताको घर अगाडीका बाटो राम्रो छैन, खानेपानीको घर घरमा सहज उपलब्ध छैन, स्वास्थ्यमा बढि खर्च गर्नु पर्ने अवस्था ,शिक्षामा अधिक मात्रामा खर्च गर्नु पर्ने छ ,यी जनताका मुख्य समस्या हुन् । यी सम्पुर्ण समस्याहरुको निवारण गर्नको निमित्त सम्माननीय प्रधानमन्त्री केपी ओलीज्युको नारा समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा नै छ । केन्द्रिय सरकारले त्यहि नारा अनुसार काम गरिरहेको छ ,प्रदेश सरकारले पनि त्यहि नारा अनुसार नै काम गर्दै आएको छ ,स्थानिय सरकार ,नगरपालीकाले त्यहि ढंगले काम गदै आएको छ । हाम्रा मुख्य प्राथमिताका स्रोत यिनै हुन् ।

तपाईको जन्म काभे्र भएकाले तपाईलाई बाहिरको उम्मेदवार भन्छ नि ?

जनताले भन्नु भएको छैन ।बिपक्षी दलका साथीहरुले गर्नु भएको तर्क हो । बिपक्षी दलका साथीहरुले गर्नु भएको तर्क पनि सुने, मजेरीमा जन्मिएको भनेर ,मजेरीमा जन्मिने युग सक्सिक्यो, अव हस्पिटलमा जन्मिने दिन आएको छ । त्यस्तो हो भने अबका सबै नयाँ पुस्ताहरु कि पाटन हस्पिटल कि बिर हस्पिटलमा गएर उठ्नु पर्यो । मजेरी ,गोठ, पिढीमा जन्मनु पर्ने जुन बाध्यता थियो ,जस्ले गर्दा मातृशिशु मृत्यु दर उच्च हुने युग थियो,त्यो युग नेकपाले पछाडी पार्दी सक्र्यो । त्यसकारण पछाडी फर्किने कुरा नगरौं । मजेरी,पिढी,आँगनमा जन्मिने कुरा नगरौं । अबका दिनमा कसैलाई पनि त्यहाँ जन्मिन दिनु हुदैन ,अब सबै हस्पिटलमा जन्मनुपर्छ । बिपक्षीले मजेरी पिढीको नारा लगाएर केही हुन्न । जनतामा यस्तो केही भावना छैन । देउपुरमा जन्मिएपनि ९ बर्षको उमेर देखी भक्तपुरमा आएर बसेको छु ,यहि क्षेत्रको मतदाता हु ।यहि क्षेत्रको बिद्याार्थी आन्दोलनबाट स्थापित भएको हु , यहि पढेको, यहि हुर्केको भएर बिपक्षीको नारा चाही कर्कलामा हालेको पानीका् थोपा जस्तै छ ,जनतामा केही भ्रम छैन।

तपाईले चुनाव जित्ने आधार के ?
पहिलो कुरा यो स्थान नेकपाले नै जितेको स्थान हो । राप्रपा र नेपाली काँग्रेसको संयुक्त गठबन्घन हुदा पनि धेरै बहुमतले हामीले जितेका हौं । अहिलेको चुनावमा नेपाली कांग्रेस र राप्रपा छुट्टा छुट्टै उठ्दै छन् । त्यस आधारले पनि हाम्रो जित निश्चित छ । दोस्रो कुरा यो निर्वाचन क्षेत्र नेकपाको बलियो निर्वाचन क्षेत्र हो ,संगठनको हिसाबले पनि हामी बलियो छौं ।तेस्रो कारण केन्द्र, प्रदेश र स्थानियमा नेकपाकै सरकार छ । नेकपाकै सरकार,जनप्रतिनिधि बिकास गर्न चाहिन्छ , यो भावना जनतामा जागृत भैसकेको छ । समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई साकार पार्न, बिरोध गर्ने हैन बिकास गर्नु पर्छ भन्ने भनाई सम्पुर्ण चाँगुनारायण् बासीको छ ।त्यसकारण हाम्रो जित निश्चित छ ।

घर दैलो कार्यक्रम गदै हुनुहुन्छ कस्तो हुदैछ ?

हामीले कार्तिक २९ गतेबाट सुरु गरेका हौं ।मंसीर ८ गते सक्ने हाम्रो योजना छ । ८ गते भित्र हामी घर दैलो कार्यक्रम सक्ने छौं ।
तपाईले चुनाव जित्न्ु भयो भने तपाईको भावी योजना के के रहेका छन् ?
घोषणा पत्रका कुराहरु नै हाम्रा मुख्य भावि योजना हुनेछन् । नगरकोट जाने बाटो निकै समय देखी बिबादमा आएको थियो, हामीले निकै पहल गरेर त्यो समस्या सल्टाएका छौं । बर्षौ देखी पिच हुन नसकेको नगरकोटको बाटोको कार्य थालनी गरिसकेका छौं । मेरो प्रतिबद्धता भनेको यो ठाउँको समग्र बिकास गर्नु हो । भौतिक पुर्वाधार, मानवीय बिकास ,यहाँको पर्यटन क्षेत्रको बिकास ,सम्रगमा भक्तपुर क्षेत्रको बिकास गर्नु आम जनताको सुख दुखको साथी हुन ुनै मेरो प्रतिबद्धता हो र यहि लक्ष्य रहने छ ।

अन्तमा ,तपाईको सन्देश के छ ?
सम्पुर्ण निर्वाचन क्षेत्रका मतदाताहरुसंग यो आग्रह गर्न चाहान्छु ,हजुरहरुले हिजो पनि नेकपाका उम्मेदवारलाई जिताउनु भएको थियो । नियतिले उहाँलाई छिट्टै लग्यो, उहाँ हामी माझ हुनुहुन्न । ५ बर्षको लागी दिनुभएको जनमतको फेरि परिक्षण गर्नु पर्ने परिस्थिति आएकाले हामी पुन तपाईहरुको माझ आई पुगेका छौं । तपाईहरु सम्पुर्ण समुदायलले जसरी भरोसाका साथ नेकपालाई बिस्वास गरेर बिजयी गराउँनु भएको थियो, मलाई पनि त्यस्तै गरी बिजयी गराउँनुहुन्छ भन्ने कुरामा म ढुक्क छु । मलाई बिजयी गराए पश्चात तपाईहरुको मनमा कस्तो मान्छेलाई बिजयी गराएछौं भन्ने भाव नआउने गरी यहाँको समृद्धि र बिकास गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।

प्रतिकृया