• ४ साउन २०८३, सोमबार
  • १:५१ बिहान

पर्यटनमन्त्री भट्टराईद्धारा ‘नेपाल भ्रमण वर्ष २०२०’को निमान्त्रण ७१ देशलाई

प्रकाशित मिति

२०७६ मंसिर १ गते, आईतवार १२:२२

काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संरक्षण क्षेत्रमा लागेका ७१ देशका प्रतिनिधिलाई ‘नेपाल भ्रमण वर्ष २०२०’को निमान्त्रण आफ्नो देशमा पु¥याइदिन आग्रह गर्नुभएको छ ।

नवौँ विश्व रेन्जर सम्मेलनको आइतबार सौराहामा समापन गर्दै आफ्ना परिवार, इष्टमित्र र साथीभाईलाई भ्रमण वर्षको निम्तो पु¥याइदिन उहाँले आग्रह गर्नुभएको हो ।

Kamana Sewa

मन्त्री भट्टराईले यहाँको पर्यटकीय महत्वलाई विश्वभर पु¥याउन भ्रमण वर्ष फलदायी हुने बताउनुभयो । नेपालको भू–बनोट तराईदेखि हिमालसम्म फैलिएको उहाँको भनाइ थियो । संरक्षण क्षेत्रमा काम गर्नेहरुकै कारण आज विश्वमा वन र वन्यजन्तु संरक्षण हुन सकेको भन्दै उहाँले सबै सहभागी संरक्षणकर्मीप्रति आभार प्रकट गर्नुभयो ।

Classic Tech Desktop

सो अवसरमा अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आईआरएफ)का नवनियुक्त अध्यक्ष क्रिश गिल्सले सम्मेलनमा भएका छलफल र निचोडलाई आत्मसात गर्दै महासङ्घलाई अघि वढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सन् १९९५ देखि शुरु भएको सम्मेलन हरेक तीनरतीन वर्षमा आयोजना गरिँदै आएको छ ।

प्रतिकृया