• ४ साउन २०८३, सोमबार
  • ७:२२ बेलुका

कम्युनिष्ट सरकार दिन प्रतिदिन जनताको नजरमा अलोकप्रिय बन्दै गएको छ : सभापति देउवा

प्रकाशित मिति

२०७६ मंसिर १ गते, आईतवार १२:०७

कञ्चनपुर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइको बलियो कम्युनिष्ट सरकार दिन प्रतिदिन जनताको नजरमा अलोकप्रिय बन्दै गएको बताउनुभयो ।

कञ्चनपुरको पुनर्वासमा शनिबार कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले उपनिर्वाचनमा पार्टीका उम्मेदवारका पक्षमा जनमत निर्माण गर्न आग्रह गर्नुभयो ।

Kamana Sewa

कार्यक्रममा सभापति देउवाले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारका काम र व्यवहार देखेर जनता आजित भइसकेको बताउदै उहाँले भन्नुभयो, ‘अब जनताले कम्युनिस्टको बिकल्प खोज्दै गरेकाले पार्टीका उम्मेदवारलाई जिताउन एक ढिक्का भएर अगाडि बढ्नुस् ।नेकपाबाट जननिर्वाचित जनप्रतिनिधिहरू आचारसंहिता उलंघन गर्दै स्वयच्छाचारी ढंगले हिँडिरहेका छन् । खोक्रा राष्ट्रवादका गफ बाहेक सरकारले केही दिन सकेको छैन ।’

Classic Tech Desktop

सभापति देउवाले विकास निर्माणका कार्य र योजनाहरूमा चरम भ्रष्टाचारमा डुबिरहेको र यस्तो बेला जनताले कांग्रेसको साथ खोजी रहेको बताउनुभएको छ। सभापति देउवाले कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रको विकास निर्माणको थालनी नेपाली कांग्रेसले नै सुरु गरेको हो र अबको विकास कांग्रेसले नै गर्ने दाबी गर्नुभयो ।

देउवाले कञ्चनपुर जिल्लाको दक्षिणी भागमा रहेको निर्वाचन क्षेत्र नम्बर १ का बेल्डाँडी, बेलौरी र पुनर्वासमा पार्टी कार्यकर्ता भेटघाट तथा सम्बोधन र निर्देशन दिनुभयो ।

प्रतिकृया