• ३ असोज २०८३, शनिबार
  • १०ः३९ बिहान

रुपन्देही पूर्णरुपले विकसित हुन्छ : नेकपाका महासचिव विष्णु पौडेल

प्रकाशित मिति

२०७६ कार्तिक २८ गते, बिहीबार ०४:२२

काठमाडौं, पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले विकासमा सहयात्रा आजको आवश्यकता भएको बताएका छन् । बुटवल– १३ मा निर्माण गरिएको लायन्स सिद्धबाबा स्वास्थ्य उपचार केन्द्र आज उद्घाटन गर्दै उनले विकासमा सबैको सहकार्य र साझेदारी आवश्यक रहेको उल्लेख गरेका हुन् ।

National Life

सबैको एकता र सहकार्यले नगर, वडा तथा टोलको विकासले फड्को मार्छ भन्दै महासचिव पौडेलले दलगत स्वार्थलाई पन्छाएर साझा जिम्मेवारीका साथ अगाडि बढ्न सबैलाई आह्वानसमेत गरे ।

रुपन्देहीलाई सडक सञ्जालबाट जोड्न बुटवल–बेलहिया र तिनाउ–दानव नदी करिडोरसहित दर्जनौँ सडक आयोजनाको काम निर्माणको चरणमा रहेको चर्चा गर्दै उनले यी योजना सम्पन्न हुँदा रुपन्देही पूर्णरुपले विकसित हुने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

लायन्स क्लब अफ बुटवल सिद्धबाबाका अध्यक्ष डिल्लीनारायण पाण्डेले सेवाको भावना राखेर स्थानीयवासीको उपचारका उपचार केन्द्र सञ्चालनमा ल्याइएको बताए ।

भवन निर्माण समितिका संयोजक योगेश घिमिरेले क्लबका सदस्यको सहयोगमा रु एक करोडको लागतमा यस केन्द्रको भवन निर्माण गरिएको जानकारी गराए। उक्त वडाको नयाँगाउँ उच्च माविले उपलब्ध गराएको पाँच कट्ठा जमीनमा उक्त केन्द्रको दुईतले भवनको निर्माण गरिएको थियो ।

प्रतिकृया