उपनिर्वाचनः बैतडीमा टुंगो लाग्यो नेकपा र कांग्रेसको उम्मेदवार
प्रकाशित मिति
२०७६ कार्तिक २४ गते, आईतवार ०५:२३
बैतडी, मंसिर १५ मा हुने उपनिर्वाचनका लागि बैतडीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस दुवैका उम्मेद्वारको टुंगो लगाएको छ ।
वडा अध्यक्ष रिक्त रहेका सुर्नया गाउँपालिका–१, पुर्चौडी नगरपालिका–४ र दोगडाकेदार गाउँपालिका–४ मा अगामी मंसिर १४ गते उपनिर्वाचन हुदैंछ ।

नेकपाका तर्फवाट दोगडाकेदार गाउँपालिका–४ मा नरेन्द्रप्रसाद भट्ट र सुर्नया गाउँपालिका– १ मा धनबहादुर चन्द र पुर्चौडी नगरपालिका–४ मा शैलेन्द्र धानुकलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाका कार्यालयले जनाएको छ ।

कांग्रेसले सुर्नया गाउँपालिका–१ को वडा वडाध्यक्षमा गजेन्द्रबहादुर चन्द, पुर्चौडी नगरपालिका–४ मा गोविन्दबहादुर धामी र दोगडाकेदार गाउँपालिका–४ मा सुरेन्द्रप्रसाद भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस बैतडीले जनाएको छ ।
उम्मेदवार टुंगो लागेसंगै नेकपा र कांग्रेस दुबैले प्रचारप्रसारमा तीव्रता दिएका छन् ।




प्रतिकृया