• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

लिपुलेक हस्तक्षेपबारे ओली सरकारको अग्नी परिक्षा शुरुः राप्रपा संयुक्तका अध्यक्ष जबरा

प्रकाशित मिति

२०७६ कार्तिक २४ गते, आईतवार ०५:०५

भक्तपुर, राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमशेर जबराले लिपुलेक हस्तक्षेपबारे वर्तमान दुई तिहाइको सरकारको अग्नी परिक्षा शुरु भएको बताउनु भएको छ ।रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै जबराले कालापानी क्षेत्रमा पर्ने लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको र सो अतिक्रमणबारे वर्तमान सरकारको राष्ट्रवादी चरित्र स्पष्ट हुने बताउनुभयो ।

उहाँले बर्तमान सरकारले अतिक्रमण बारे ढिला गरि निकालेको बिज्ञप्ति बारे कुनै तुक नरहेको र कुटनीतिक पक्ष समेत कम्जोर देखिएको बताउनुभयो । राष्ट्रवादीको पहिचान बनाएको दुई तिहाईको वर्तमान सरकारले केवल तीन तहको सरकारको डेढ बर्ष अवधि केवल भ्रष्टाचार बाहेक अरु कुनै क्षेत्रमा उल्लेख्य काम गर्न नसकेको बताउनुभयो ।

Kamana Sewa

नेपालमा बिदेशीहरुको इशारामा गरिने धर्म परिवर्तनबारे दुई छिमेकी राष्ट्र समेत रुष्ट रहेको र नेपालको संबिधानमा उल्लेख गरिएको धर्म निरपेक्षता नेपालीको आवश्यकता नभई बिदेशीको इशारामा लादिएको उहाँले बताउनुभयो ।

Classic Tech Desktop

८१ प्रतिशत हिन्दुहरुको बसोबास गर्ने संसारकै एक मात्र हिन्दु राष्ट्र नेपाललाई धर्म निरपेक्षता बनाउनु बिश्वकै लागि लज्जाबोधको बिषय भएको भन्दै हिन्दु राष्ट्र स्थापनाका लागि यहि कार्तिक २८ गते देखि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेको बताउनुभयो । भक्तपुरमा उपनिर्वाचनका लागि दिएको उम्मेद्वारी वदर हुनुमा आफ्ना साथीहरु र निर्वाचन अधिकृतका कारण संगठन बलियो हुँदा हुँदै उम्मेद्वारी बदर भएता पनि आफ्नो पार्टीले कसैलाई समर्थन नगर्ने उहाँले बताउनुभयो ।

प्रतिकृया