• २६ भदौ २०८३, शुक्रबार
  • २ः१७ राती

मलेसियामा एक नेपालीको मृत्यु

प्रकाशित मिति

२०७६ कार्तिक २२ गते, शुक्रबार १०:१७

काठमाडौँ, मलेसियामा एक नेपालीको मृत्यु भएको छ ।जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले बताएका छन ।

National Life

अचानक बेहोस भएर मृत्यु भएको भनिएपनि कुन कारणले कसरी मृत्यु भएकोबारे यकिन हुन नसकेको यादवका पारिवारिका स्रोतले जनाएको छ । दुई वर्षअगाडि यादव रोजगारीको सिलसिलामा मलेसिया गएको थियो ।

प्रतिकृया