• २५ भदौ २०८३, बिहीबार
  • ११ः४६ राती

कालापानी नेपालकै हो ,एक इञ्च पनि सीमा मिच्न दिन्नौं : मन्त्री ज्ञवाली

प्रकाशित मिति

२०७६ कार्तिक २२ गते, शुक्रबार १०:११

बैतडी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी नेपालकै भएको बताउदै भारतलाई एक इञ्च पनि सीमा मिच्न नदिने बताएका छन ।सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीको पञ्चेश्वर गाउँपालिकामा आयोजित राष्ट्रनिर्माण महामहोत्सवमा बोल्दै भारतीय नक्सामा नेपालको भूमि राखिएको भन्ने जानकारी आफूले सञ्चारमाध्यमबाटै थाहा पाएको बताउदै मन्त्री ज्ञवालीले मुलुकको एक इञ्च पनि सीमा मिच्न नदिइने बताएका हुन ।

National Life

उनले भने, ‘कालापानी हाम्रै हो, यदि भारतको नक्सामा नेपाली भूमि राखिएको हो भने त्यसलाई कूटनीतिक पहलबाट सुल्झाइनेछ । मित्रता आफ्नो ठाउँमा होला तर एक इञ्च पनि सीमा मिच्न दिइने छैन ।’मन्त्री ज्ञवालीले वर्षौदेखि कुराकानी भइरहेको पञ्चेश्वर परियोजनाको काम पनि अगाडि बढाइने सहमति भइरहेको बताउदै भने, ‘पानी आधाआधा हुन्छ, सहमतिमा नै जोड दिएका छौँ ।’

बैतडीमा पुल निर्माणको माग गर्दै ३७ दिनसम्म रिले अनशनसमेत बसेको कुरा थाहा पाएको बताउँदै उनले भारत सहमति गर्न तयार रहेको बताए । उनले भने, ‘भारतका विदेशमन्त्री एस जयशङ्करसँग प्रत्यक्ष भेटघाट गरिसकेका छौँ, कूटनीतिक पहलमा छौँ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया