नेपाली सेनाका दुई उच्च पदबाट राजीनामा
प्रकाशित मिति
२०७६ कार्तिक २२ गते, शुक्रबार १०:२२
काठमाडौँ, नेपाली सेनाभित्र नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन प्रक्रिया अघि बढेपछि दुई उच्च अधिकारीले पदबाट राजीनामा दिएको छ ।सेनामा लामो समयसम्म लेखा प्रमुखको जिम्मेवारीमा रहेका उपरथी भुवन अधिकारी र सिरिया फोर्स कमाण्डका अस्थायी नियुक्ति पूरा गरी फर्केका उपरथी शिवराम खरेलले राजीनामा दिएका हुन् ।
स्रोतका अनुसार उनीहरुको नागरिकता र शैक्षिक प्रमाणपत्रका विषयमा जंगी अड्डामा परेको उजुरीमा छानबिन भइरहेको छ । अधिकारीको राजीनामापत्र मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ ।उनीमाथि शक्तिको आडमा लामो समयदेखि लेखा प्रमुखमा रहेर आर्थिक अनियमितता गरेको आरोपसमेत लागेको छ।
पूर्णचन्द्र थापाले सेनाको नेतृत्व समालेपछि बजेट खर्च सञ्चालनसम्बन्धी छुट्टै कार्यविधि बनाएर अधिकारीलाई आर्थिक दायित्वबाट अलग राखेको स्रोत बताउँछ । आजको नागरिक बाट साभार।
Related
Recent News
- दीपककुमार शाहले लिए उद्योगमन्त्रीको शपथ
- अस्पतालबाहिरै सुत्केरी भएको घटनामा स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टीकरण
- बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेशकुमार सिंह
- नेप्से १३ अंकले घट्यो, ४ अर्ब नजिक कारोबार
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया