• २ असोज २०८३, शुक्रबार
  • ४ः१५ बिहान

बेलायती संसद्मा नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिँदै

प्रकाशित मिति

२०७६ कार्तिक १८ गते, सोमबार ०४:५२

काठमाडौँ, बेलायती संसद्मा नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रवद्र्धन गरिने भएको छ । बेलायतस्थित हाउस अफ लर्ड्स (बेलायतको माथिल्लो सदन्र)मा भ्रमण वर्षको प्रचार प्रसार गर्न लागिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । प्रत्येक वर्ष हुने वल्र्ड ट्राभल मार्केट (डब्लूटीएम)को अवसरमा बेलायतमा आउँदो नोभेम्बर ७ मा हुने नेपाल भ्रमण वर्ष प्रवद्र्धनका लागि विशेष कार्यक्रम राखिएको सचिवालयले जनाएको छ ।

National Life

जसको लागि बेलायतको हाउस अफ लर्ड्समा भ्रमण वर्ष घोषणाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई बेलायत पुगिसक्नुभएको छ ।विश्वकै ठूलो ‘ट्राभल सो’ मानिएको यो मेला सोमबारदेखि शुरु भएको छ । तीन दिनसम्म चल्ने मेलामा नेपालको समग्र पर्यटन प्रवद्र्धनका सामग्री समेत प्रदर्शनी गरिने बोर्डले जनाएको छ ।

बेलायती चर्चित अभिनेत्री, लेखक तथा अभियानकर्मी जोआन्ना लुम्ले, भारतीय मूलका बेलायती राजनीतिज्ञ सन्दिपकुमार बर्मा र भारतीय मूलकै बेलायती धनाढ्य व्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गर्ने कार्यक्रम रहेको छ । ट्राभल एजेन्ट तथा होटेल व्यवसायी रमेश अरोरा, नेपालको पर्यटनमा अढाई दशकदेखि लागि परेका मर्कस कट्टन, नेपालको वन्यजन्तु पर्यटनमा काम गर्दै आएका एभी जीम एडवार्ड, नेपालको पर्यटन गन्तव्यको प्रचारप्रसारमा लामो समयदेखि लागिपरेका रोबिन मार्सटन र नेपाल पर्यटनका अग्रणी कोलोनेल जोमलाई दी हिमालयन अवार्ड वितरण गरिनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया