• ३ असोज २०८३, शनिबार
  • ९ः५२ बिहान

गलत सूचना प्रवाह गरेको भन्दै वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेललाई बर्खास्तीको माग

प्रकाशित मिति

२०७६ कार्तिक १८ गते, सोमबार ०२:२९

४८ घण्टाभित्र सूचना नसच्याए अन्तर्राष्ट्रियकरण गर्छु : कँडेल

National Life

काठमाडौं, पब्लिक इनोभेटर तथा नागरिक उड्ययन क्षेत्रका विज्ञ ई. दिपेन्द्र कँडेलले नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै नभएको सूचना राखेर स्वदेश तथा विदेशी यात्रुहरुलाई दिउँसै ठग्ने काम गरेको भन्दै निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई सरकारले अविलम्ब निलम्बन गर्नुपर्ने माग गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कँडेलले नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाईन्सजस्तो पूरानो संस्थाले स्वदेश तथा विदेशी पर्यटकहरुलाई गलत सूचना प्रवाह गरेर ठग्ने काम गरेको आरोप लगाए । उनले भने,‘नेपाल एयरलाईन्सले हामी सम्पूर्ण स्वदेशी तथा विदेशी यात्रुलाई ढाँट्ने काम गरेको छ, एयरपोर्टमा आगमन तथा प्रस्थान दुवै तर्फ ड्युटी–फ्री सामान पाउँछ भनेर गलत सुचना राखिएको छ । तर, यो सुचना सरासर गलत हो । विमानस्थलमा आगमनतर्फ ड्युटी–फ्री छैन् ।’ उनले गलत सूचना प्रवाह गरिरहने निगमका कार्यकारी अध्यक्ष खरेललाई पर्यटनमन्त्री योगेश कुमार भट्टराईले अविलम्ब निलम्बन गर्नुपर्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

कँडेलले नेपाल सरकारले भव्य तयारी गरेर नेपाल पर्यटन वर्ष– २०२० मनाउन गैरहेको अवस्थामा विमानस्थलमा यस्तो गलत सुचना प्रवाह गर्दा भ्रमण वर्ष कुनैपनि हालतमा सफल नहुने र यसले देशको प्रतिष्ठामाथि नै आँच आउने खतरा औंल्याए । उनले भने,‘हामी भ्रमण वर्ष सफल बनाउन लागिरहेका छौं । तर, सरकारले भ्रमण वर्ष सफल बनाउनेतर्फ खासै ध्यान दिएको जस्तो मलाई लागेन् । यदि दिएको भए विमानस्थलमा यस्तो गलत सुचना राखेर स्वदेश तथा विदेशी यात्रुलाइृ ढाँट्ने काम गर्दैन थियो ।’

उनले आगामी ४८ घण्टाभित्र उक्त सूचना नसच्याए आफू सरकारविरुद्ध अन्तर्राष्ट्रियस्तरमा पुग्नेपनि चेतावनी दिए । उनले भने,‘नागरिकको हैसियतले म चाहन्छु कि यो गलत सुचना अविलम्ब हटाईयोस् । र, सरोकारवाला व्यक्तिहरु तथा मुख्यतय निगमका कार्यकारी अध्यक्ष खरेललाई हटाउनुपर्छ । त्यसपछि विमानस्थलमा पनि भ्रमण वर्ष अगाडि नै आगमनतर्फ ड्युटी–फ्री खोल्नुपर्छ ।’

प्रतिकृया