• १९ भदौ २०८३, शुक्रबार
  • ७ः५५ बेलुका

बालुवाटार भित्रै आइसियु सुविधासहितको मेडिकल खोल्ने तयारी

प्रकाशित मिति

२०७६ कार्तिक १६ गते, शनिबार ०९:२०

काठमाडौं, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था दिनानुदिन विग्रदै गएपछि सरकारी निवास भित्रै मेडिकल रुम बनाउने तयारी भएको छ । प्रधानमन्त्रीको उपचारमा सजिलो होस भनेर नै बालुवाटार भित्रै मेडिकल रुम बनाउने तयारी भएको हो ।

उक्त मेडिकलबाट डायलाइसिससमेत गर्न मिल्ने प्रधानमन्त्रीको उपचारमा खटिएका नीजि चिकित्सकले बताएका छन् । डायलाइसिस उपकरण कस्तो राख्ने भन्नेबारे चिकित्सकबिच छलफल पनि भइसकेको छ। प्रधानमन्त्रीको नियमित डायलाइसिस गर्नुपर्ने भएका कारणपनि उक्त मेडिकल रुम आवश्यक रहेको जनाइएको छ ।

Kamana Sewa

स्वास्थमा एक्कासी गम्भीर समस्या आए तुरुन्त अस्पताल लैजान ढिला हुन सक्ने बताउदै बालुवाटरमै उक्त सुविधा सहितको कोठाको तयारीमा बालुवाटरले पनि सहमती जनाइसकेको छ । आइसियु सहितको उक्त मेडिकल कोठामा अस्तपतालको जस्तै सेवा सुविधा हुनेछ ।

Classic Tech Desktop

प्रतिकृया