• ५ साउन २०८३, मंगलबार
  • ९:३० बिहान

लक्ष्मीको मूर्ति विर्सजनमा भएको दुई पक्षबीच विवादमा सहमति

प्रकाशित मिति

२०७६ कार्तिक १५ गते, शुक्रबार १०:२०

मातृभूमिन्युज संवाददाता / कपिलवस्तु

कपिलवस्तुको सीमा नाका कृष्णनगरमा लक्ष्मीको मूर्ति विर्सजन गर्ने क्रममा दुई पक्षबीच विवादमा सहमति भएको छ । बिहीबार राती २ः०० बजे दुवै वक्षबीच सहमति भएको हो । सहमति भएपछि लक्ष्मीको मूर्ति विर्सजन गरिएको छ । कफ्र्युका बीच सुरक्षा घेराबन्दीमा मूर्तिको विर्सजन गरिएको थियो । बिहीबार बिहान ११ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि लगाइएको कृष्णनगर क्षेत्रको कफ्र्यु पनि क्रमशः अहिले बिहान १०ः०० बजेदेखि अवस्था हेरी घटाइने कपिलवस्तुका प्रहरी उपरीक्षक दीप शमशेर जबराले जानकारी दिनुभयो ।

Kamana Sewa

सहमति भएका बुँदामा मृतक सुरज कुमार पाण्डेको क्षतिपूर्तिका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने, मूर्ति विर्सजन गर्न अवरोध गर्ने जमाल खाँलाई कानुनी कार्वाही गर्ने, प्रहरीले दमन गरे नगरेको छानबिन गर्ने, कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने । कफ्र्युलाई क्रमशः घटाउँदै लैजाने लगायतका बुँदामा सहमति भएको प्रशासन स्रोतले जनाएको छ ।

Classic Tech Desktop

दुवै वक्षबीच भएको वार्तामा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दीप शमशेर जबरा, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष लगायतको सहभागिता रहेको बताइएको छ । मृतकको सव पोष्ट मार्टमका लागि तौलिहवा ल्याइएको छ । मोष्ट मार्टमपछि मृतकका परिवारलाई शव जिम्मा लगाउने बताइएको छ ।

प्रतिकृया