• ४ साउन २०८३, सोमबार
  • ३:३० बिहान

सामाजिक सञ्जालबाट गरिने विज्ञापनको आधिकारिकता खोजिने

प्रकाशित मिति

२०७६ कार्तिक १३ गते, बुधबार ०४:०५

काठमाडौँ, सरकारले सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, भाइबर)बाट गरिने विज्ञापनको समेत आधिकारिकता खोज्ने भएको छ । यससम्बन्धी ब्यवस्था गर्न बनेको विज्ञापन नियमन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ ।

विधेयकको दफा १२ मा विद्युतीय अनलाइन, सामाजिक सन्जाल, छापा वा सञ्चार माध्यमले विज्ञापनकर्ताको नाम, ठेगाना र आधिकारिकताको जानकारी नभई विज्ञापन गर्न नहुने व्यवस्था छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार कुनै पनि सामाजिक सञ्जालमा हुने विज्ञापनको आधिकारिता विज्ञापन बोर्डले खोज्नेछ । हाल सबै सरकारी निकायले आफुखुसी विज्ञापन गर्दै आएका छन् । अब भने सरकारी निकायले विज्ञापन गर्दा बोर्डमार्फत गर्नुपर्ने हुन्छ ।

Kamana Sewa

प्रतिकृया