• २४ भदौ २०८३, बुधबार
  • २ः४३ दिउँसो

विश्व शारीरिक सुगठनका लागि प्रेमराज भट्ट छनोट

प्रकाशित मिति

२०७६ कार्तिक १३ गते, बुधबार ०४:१७

काठमाडौं, अष्ट्रेलियामा एक नेपाली युवा विश्व शारीरिक सुगठन प्रतियोगिताका लागि छनोट भएका छन्। भिक्टोरिया स्टेटको मेलबर्नमा आइतबार १८० प्रतियोगीबीच भएको राष्ट्रिय प्रतिस्पर्धामा स्वर्ण जित्दै नेपालको कञ्चनपुर घर भएका प्रेमराज भट्ट विश्व शारीरिक सुगठनका लागि छनोट भएका हुन्।

National Life

विश्व शारीरिक सुगठन यहीँ नोभेम्बर ९ र १० गते मेक्सीकोमा हुँदैछ। उनी एसियन गेमका लागि समेत छनोट भएका छन्। एसियन गेम यहीँ नोभेम्बर ३० र डिसेम्बर १ मा भारतको बेंग्लोरमा हुँदैछ। भट्टले राष्ट्रिय प्रतिस्पर्धामा पनि दुई विधामा खेल्दा एकमा स्वर्ण र अर्कोमा रजत जितेका हुन्। पुरुष फिजिक्स तर्फ स्वर्ण जितेका छन भने बडीविल्डर तर्फ रजत जितेका छन् ।

यसअघि भट्ट पुरुष फिजिक्सतर्फ राज्यस्तरीय खेलको उपाधि जित्दै राष्ट्रिय खेलका लागि छनोट भएका थिए। उनले राष्ट्रिय खेलमा न्यू साउथ वेल्स राज्यको प्रतिनिधित्व गरेका थिए। भट्ट राज्यस्तरीय खेलमा नेपाली क्लब फिटनेस नेपाल क्याम्सी, सेप्स टु काठमाडौंबाट सहभागी भएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया