• १८ भदौ २०८३, बिहीबार
  • ९ः२४ राती

नेपाल सम्वतलाई यो बर्ष सरकारले महत्वपूर्ण भूमिका खेल्यो : सांसद बस्नेत

प्रकाशित मिति

२०७६ कार्तिक १३ गते, बुधबार ११:१३

भक्तपुर , समाजको लागि समाज मेरो लागि भन्ने उद्देश्यले स्थापित योयो युनिटीको आयोजनामा नेपाल सम्वत ११४० को भिन्तुना र्‍याली कार्यक्रम सम्पन्न भएको छ ।

मंगलवार सांस्कृतिक बाजागाजा सहित भक्तपुरको च्याम्हसिंह चोकबाट सुरु भएको र्‍याली सूर्यमढी , दतात्रय, इनाचो, गोल्मढी, सुकुलढोका, तौमढी, नासमना, बंशगोपाल, भार्वाचो, दुधपाटी, ईताछें हुँदै खोमामा भिन्तुना र्‍याली समापन भएको थियो ।

Kamana Sewa

नेकपा केन्द्रीय सदस्य, पूर्व उद्योग मन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश वस्नेत, प्रदेश सांसद सरस्वती वाटी, भाषिक आन्दोलनका त्रिरत्न शाक्य, विराट नेपाल भाषा साहित्य समेलनका अध्यक्ष महेन्द्र गोपाल कर्माचार्य, समाजसेवी ओम चरण अमात्य, समाजसेवी बालमुकुन्द सुवाल, समाजसेवी एव योयो युनिटीका संरक्षक रोमन शिलाकार, योयो युनिटीका अध्यक्ष रुपेश शिलाकार, सचिव सुनिल प्रजापति, लागाएतलले स–समान स्वरुम मास्तर जगतसुन्दर मल्लको शालिकमा मल्यार्पण गर्नु भयो ।

Classic Tech Desktop

समापन कार्यक्रम सांसद वस्नेतले शंखधर साख्वाले आय आर्जन गरि जम्मा भएको सम्पतिले ऋणीहरुको ऋणमोचन गर्नु भएको इतिहासको बारेमा स्पष्ट पार्नुभयो । ऋणमोचन गरेको दिनको दिन शुरु भएको सम्वत नेपाल सम्वतलाई सरकारले सरकारी कामकाजमा प्रयोगमा ल्याउन र विक्रम सम्वतलाई प्रयोगमा कम गर्न सरकारले यो बर्ष महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।

प्रतिकृया