• १७ भदौ २०८३, बुधबार
  • ५ः५५ बेलुका

दैनिक कति कफी पिउनु राम्रो

प्रकाशित मिति

२०७६ कार्तिक १३ गते, बुधबार ११:४९

कफी एक वनस्पति तथा यसबाट बनाइने पेयपदार्थ हो । जाडो मौसममा बढ्दै गरेको छ । यस मौसममा जाडो छल्नाका लागि प्रयःले चियकफी पिउने गर्दछन् तर दिनमा कति कफी पिउनु उत्तम रहेको छ । थाहा नपाई कफी जति पनि पिउने गरिन्छ । एक दिनमा चार कपभन्दा बढी नपिउनु राम्रो हुन्छ । बढी कफी पिउँदा निद्रा लाग्दैन, मानसिक तथा शारीरिक समस्या बढाउन सक्छ । कफी बढी भएमा मानिसमा डर पैदा गर्ने र मुटुको धड्कन रोक्ने सम्भावना पनि बढाइदिन्छ ।

कफी धेरै पिउँदा स्वास्थ्यका लागि खतरा हुने ब्रिटेनको सरकारी स्वास्थ्य संस्थाले गरेको एक अध्ययनले देखाएको छ । अनुसन्धानमा संलग्न विशेषज्ञहरूका अनुसार कस्तो कफीमा कति कफिनको मात्रा हुन्छ त्यो थाहा हुँदैन । त्यसैले थाहा नै नपाई कति कफिन रहेको छ त्यसको जानकारी पनि हुँदैन । यसरी थाहा नपाई आवश्यकता भन्दा बढी कफिन खाइरहेका हुन सक्छौ ।

Kamana Sewa

गर्भवती महिलाले दिनमा दुई कपभन्दा बढी कफी सेवन गर्नु राम्रो हुँदैन । सो संस्थाले गरेको अध्ययनअनुसार कफिनको अत्यधिक सेवनले गर्भपतनको सम्भावना बढी हुन्छ । त्यसका साथै जन्मिएको नवजात शिशुको वजन पनि कम हुन्छ वा जन्मदैँ शारीरिक तथा मानसिक विकलांगता पनि हुन सक्छ ।

Classic Tech Desktop

प्रतिकृया